कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

विराटनगर :कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले बैठकको प्रारम्भ गर्नासाथ प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले उठेर विरोध गरेका थिए ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र एमालेका प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो लिम्बूले भदौ ४ गते अमर्यादित तथा संसदीय परम्परामा कहीँ कतै नभएको घटना भएको र सभाको अध्यक्षता गरेको व्यक्तिले संविधान उल्लंघन गरेको धारणा राखेका थिए ।

मन्सुरीबाट संविधान उल्लंघन गर्ने काम भएको र पुनस् गैरसंवैधानिक काम हुन सक्छन् भन्ने आशंका भएकाले आफूहरूले प्रदेश सभाको बैठक बहिष्कार गरेको जानकारी गराएर बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रमुख प्रतिपक्षलगायत प्रतिपक्षका सबै प्रदेश सभा सदस्यहरू नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएपछि सभाको अध्यक्षता गरेका मन्सुरीले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव स्वरुप सभामा पेस गर्ने कार्यसूची बनाएको थियो । तर, प्रतिपक्षको बहिष्कारका कारण उक्त प्रस्ताव प्रदेश सभामा पेस हुन सकेन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले राप्रपा र नेकपा एमालेलाई प्रारम्भमा बोल्न दिने कार्यसूची तय गरेको थियो । तर पछि मुख्यमन्त्री उद्धव थापाले बोल्न नदिन निर्देशन गरेपछि एमाले र राप्रपालाई बोल्न दिने समय कार्यसूचीबाट हटाइयो । सभामुखले बोल्न नदिने भएपछि एमाले र राप्रपाले बैठक प्रारम्भ हुनासाथ आफ्नो ठाउँबाट उठेर आफ्ना कुरा राखी बैठक बहिष्कार गरेका हुन् ।कान्तिपुर टिभीबाट

TOP