कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको सूर्योदयमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाउने तयारी 

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको सूर्योदयमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाउने तयारी 
फिक्कल: इलामको सूर्योदय नगरपालिकामा “तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस भदौ २० गते मनाईने भएको छ । बिहिबार मानव वेचविखन तथा ओसारपसार विरुद्ध नगर स्तरीय समितिका अध्यक्ष तथा नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा बसेको बैठकले उक्त दिन सीमावर्ती पशुपतिनगरमा नेपाल भारत दुबै देशका सरोकारवाला बिचमा मानव बेचबिखन तथा ओसारपसारको स्वरुप परिवर्तनको न्यूनिकरणका लागि सरोकारवालाको भूमिका”  बिषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
बैठकले अघिल्लो बर्षका कार्यक्रमको समिक्षा गर्दै उक्त दिन जिल्लाका सरोकारवाला निकाय र छिमेकी देश भारतका सरोकारवाला बिच बहश तथा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो । बैठकले दिवस माउनुका साथै नगरका १४ वटै वडामा मानव बेबिखन बिरुद्ध जुट्नका लागि पत्राचार गर्ने , अन्तक्रिया कार्यक्रमको कार्यन्वयनका लागि कार्य समिति गठन गरि कामको जिम्मेवारी दिने निर्णय गरेको छ । जस अन्र्तगत शाखा प्रमुख तारा शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरीएको छ । महिला बालबालिकाका शाखा कर्मचारी एक माया बोहोरा सदस्य– सचिव रहेको समितिको सदस्यामा माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकाल, शक्ति समुहका प्रमुख खगेन्द्र ढुगांना,सूर्योदय उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राई ,फिक्कल प्रहरी चौकीका प्रमुख जीवन सुवेदी र पत्राकार  प्रेम अधिकारी रहनु भएको छ ।
बैठकले अन्र्तक्रिया कार्यक्रमका लागि आवश्यक कार्य विभाजनका गरी जिम्मेवारी बाडफाड गरेको छ । बैठकमा नगर प्रमख तथा समितिका अध्यक्ष राईले वडा स्तरमा गठन भएका समितिलाई चलायमान बनाउदै मानव ओसारपसार तथा बेचबिखन रोक्न प्रभावकारी काम गर्नु पर्नेमा जोड दिनु भयो । भारतीय सरोकारवाला संग माईती नेपाल पशुपतिनगरका प्रमुख ढकालले सहजीकरण गर्नुहुने भएको छ । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख सहित कानुनी क्षेत्रका ब्यक्तिको समेत सहभागीता रहने छ ।
TOP