कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तु सहितका पर्यटकीय स्थलको प्रचार–प्रसारमा सिकिमका मोटर साईकल राइडर

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
अन्तु सहितका पर्यटकीय स्थलको प्रचार–प्रसारमा सिकिमका मोटर साईकल राइडर

फिक्कल: छिमेकी देश भारतको सिकिमका ७० जना मोटरसाईकल राईडरले पर्यटकीय स्थल अन्तु सहितका क्षेत्रमा मोटर साईकल रयाली गरेका छन ।
नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले सिकिम देखि पशुपतिनगर , बौद्धपार्क कन्याम र रोङको पाथीभरा हुँदै झापा काकडभिट्टा सम्म मोटर साईकल रयाली गरेका हुँन ।
ओपन रोड ओननडष्ट मोटरसाईकल क्लब सिकिमका अध्यक्ष रोषन क्षेत्रीको नेतृत्वमा आएको उक्त टोलीलाई अन्तु पर्यटन ब्यवसायी संघले स्वागत र बिदाई गरेको थियो । ओपन रोड ओननडष्ट मोटरसाईकल क्लब सिकिमका अध्यक्ष क्षेत्रीले अन्तु सहितका क्षेत्र पर्यटकीय हिसावले निक्कै अब्बल रहेको बताउनु भयो । उहाले प्राकृतिक संम्पदाको संरक्षण संगै पर्यटकीय क्षेत्रको थप बिकास गर्न जरुरी रहेको बताउनु भयो। उहाले गाउँले परिबेसका अन्तु सहितका पर्यटकीय क्षेत्रमा आउने पर्यटकले भरपुर आनन्द लिने गरेको बताउनु भयो ।
सिकिमका बाईक राईडर कविता शर्माले अन्तु पोखरीमा रात्रीकालिन पर्यटन पवर्धन गर्न पोखरीमा लाईट र आसपासका सडकको सुधार गर्न सुझाव दिनु भयो ।
५२ वटा मोटरसाईकलमा आएको उक्त टोली १ दिन अन्तु बसेको थियो । अन्तु पर्यटन ब्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले छिमेकी देशका पाहुँनाले अन्तु सहितका पूर्वी क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुगेको बताउनु भयो । उहाले पर्यटन प्रवर्धन गर्नका लागि दुबै देशका पर्यटन ब्यवसायी बिच सहकार्य जरुरी रहेको बताउनु भयो । अन्तु आएको उक्त टोली झापा काकडभिट्टा हुँदै सिकिम प्रवेश गरेको छ ।

TOP