कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा संचालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख जरिवाना बुझाएको छ ।इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोईरालाको नेतृत्वको टोलीले अनुगमन गर्दा प्रतिबन्धित बेटाडिन बिक्री बितरण गरिएको पाईए पछि तीन दिन अघि दुई लाख रुपियाँ जरिवाना तोकेको थियो ।

मेडिकोका अशोक यादवले आईतबार जिल्ला प्रशासन कार्यालय इलाममा तोकीएको जरिवाना बुझाएको सहायक प्रजिअ कोईरालाले जानकारी दिनु भयो । संचालकले आफनो नाममा दर्ता कायम रहेका कागजपत्र समेत पेश गर्ने प्रतिवद्धता जनाए पछि मेडिको खोल्न दिईएको छ । यस अघि आफनो नाममा दर्ता कायम रहेको कागजपत्र नभएकाले मेडिको बन्द गर्न निर्देशन दिईएको थियो ।

अनुगमनका क्रममा उक्त मेडिकोमा फर हस्पिटल सप्लाई वनली लेखिएको बेटाडिन ५ बोतल बिक्रीका लागि राखीएको पाईए पछि जरिवाना गरिएको तोकीएको थियो । उक्त बेटाडिन सरकारी अस्पतालले मात्र प्रयोग गर्न पाउछन । सहायक प्रजिअका अनुसार उक्त मेडिकोलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दर्फा ३८(ङ) र उक्त ऐनको दर्फा ३९(१) (क) अनुसार जरिवाना गरी सात दिन भित्रमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा संचालित मेडिकलको अनुगमन गरिरहेको छ । इलाम बजारका केहि मेडिकललाई यस अघि जरिवाना गरेको थियो ।

TOP