पशुपतिनगरको चारमाइलबाट  ब्राउन सुगर सहित पाँचथरका तुम्बापो पक्राउ – Hamropalika
जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई पालिका विशेष करेन्ट लागेर माई नगरपालिकाका शक्तिकुमार राईको मृत्यु प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप प्रदेश इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का प्रदेश वर्तमान सत्ता गठबन्धन माघ कट्दैनः कांग्रेस महामन्त्री गगन थापा जीवनशैली बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा प्रदेश इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच
Hamropalika menu advertisement

पशुपतिनगरको चारमाइलबाट  ब्राउन सुगर सहित पाँचथरका तुम्बापो पक्राउ

  • प्रकाशित मितिः May 15, 2024
  • hamro_palika

 

फिक्कल:  इलामको पशुपतिनगर स्थित चारमाईलबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र बारुद बनाउने सोडा सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।सोमबार शसस्त्र प्रहरीको प्रस्तवित सीमा सुरक्षा गुल्मबाट खटीएको टोलीले सूर्योदय नगरपालिका २ चारमाईलमा शंका लागि चेकजाँच गर्दा चोक्माबु पाँचथरका ५८ बर्षीय याम बहादुर तुम्बापोलाई ब्राउन सुगर र बारुद बनाउने सोडा सहित पक्राउ गरेको हो ।
प्रहरीले भारतबाट नेपाल आउदै गर्दा तुम्बापोको साथबाट एकसय ग्राम ब्राउन सुगर, १० किलोग्राम बारुद बनाउने सोडा र पाँचसय २५ ग्राम बारुद बनाउने गन्धक बरामद गरेको छ । बरामद भएको सामग्री सहित तुम्बापोलाई शसस्त्र प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको छ । इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले निज तुम्बोपोलाई इलाका प्रहरी कार्यालयमै राखी थप अनुसन्धान गरीने जानकारी दिनु भयो । उहाका अनुसार तुम्बापोलाई लागु औषध ओसार पसार सम्बन्धिको मुद्दा चलाईने छ ।
पक्राउ परेका तुम्बापोको साथबाट प्रहरीले केहि नगद , एक थान मोवाईल सेट र निजको नागरिक्ता समेत बरामद गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।सीमा क्षेत्रमा प्रहरीले बिशेष निगरानी गर्दै आएको छ । इलामको फिक्कल बजारको प्रहरी बिट संगै रहेको एक घडी मर्मत पसलबाट केहि समय अघि शसस्त्र प्रहरीले ब्राउन सुगर सहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले कन्यामबाट पनि केहि दिन अघि ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ब्यक्तिको बयानका आधारमा सूर्योदय ८ का २६ बर्षीय मिक कुमार तामाङलाई समेत सोमबार नै पक्राउ गरेको छ ।

 

TOP