इलामको दुर्गा मेडिकल औषधी ब्यवस्था बिभागद्धारा पुनःशिल – Hamropalika
जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई पालिका विशेष करेन्ट लागेर माई नगरपालिकाका शक्तिकुमार राईको मृत्यु प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप प्रदेश इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का प्रदेश वर्तमान सत्ता गठबन्धन माघ कट्दैनः कांग्रेस महामन्त्री गगन थापा जीवनशैली बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा
Hamropalika menu advertisement

इलामको दुर्गा मेडिकल औषधी ब्यवस्था बिभागद्धारा पुनःशिल

  • प्रकाशित मितिः May 16, 2024
  • hamro_palika

  इलाम: इलाम बजारको दुर्गा मेडिकललाई मंगलबार पुनःसिल गरिएको छ । औषधि ब्यवस्था विभाग बिराटनगरका फार्मेसी निरिक्षक दिपेन्द्र खडकाको नेतृत्वमा आएको अनुगमन टोलिले सिल गरेको हो । डा. राम कुमार धगौड़ाले किनेको उक्त दुर्गा मेडिकललाई ७ दिन भित्र नियम अनुसार औषधि ब्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिँदै शिल गरिएको हो ।

त्यस्तै अनुगमनले इलाम अस्पताल नजिकैको आदर्श फार्मेसी तथा पोलिक्लिनिकबाट syrup. Heptarange नामको औषधि जफत गरेको छ । उक्त टोलिले चुलाचुली गाउपालिका वडा नम्बर ४ आइत’bout बजारस्थित पाथिभरा औषधि पसललाई पनि शिल गरेको छ । सम्बन्धित निकायबाट अनुमती नलिइ सञ्चालन गरेको पाएपछी सिल गरेको हो ।

निरिक्षक खड्काले स्थानिय निकायमा मात्रै दर्ता गरेर टिकाराम घिमिरेले सञ्चालन गरेको उक्त पाथिभरा औषधि पसलसम्बन्धित निकायबाट अनुमती पत्र समेत नलिइ सञ्चालन गरेकोले शिल गरिएको बताए । उक्त पसलले औषधि ब्यवस्था विभागबाट इजाजत पत्र लिएर स्थानीय प्रशासनको रोहोबरमा मात्रे सिल खोल्न पाउने छ । केहि दिन अघि जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा भएको अनुगमनले पनि दुर्गा मेडिकलमा ताला लगाएको थियो । सञ्चालकलाई बोलाउँदा सञ्चालक नआएको र पहिले देखिनै पटक पटक निर्देशन दिँदा पनि नटेरेपछि मेडिकलमा ताला लगाइएको हो । ताला लगाएको केहिदिनमा दुईलाख रुपैयाँ जरिमाना समेत गरिएको थियो ।

TOP