अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

ग्रामिण क्षेत्रमा इन्टरनेटको पहँच बिस्तार गर्न सरोकारवालाको सुझाव

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
ग्रामिण क्षेत्रमा इन्टरनेटको पहँच बिस्तार गर्न सरोकारवालाको सुझाव

फिक्क्ल .(२०८० मंसिर१८ गते)
इलाम ,झापा,मोरङ ,सुनसरी ,र उदयपुर जिल्लाहरूमा ग्रामिण दूरसञ्चार विकास कोष अन्तरगत प्रदान गरिएको ब्रोडव्यान्ड पहुँच नेटवर्क परियोजनाको मुल्यकन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम इलाम सूर्योदय नगरपालिकामा सम्पन्न भएको छ ।
नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरोषतम खानालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद महेश बस्नेत रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बस्नेतले इन्टरनेटबाट सुसंस्कृत रहन व्यक्ति ,संस्था, कार्यलय र देश आफैले संयमित हुनु पर्ने बताउनु भयो ।
प्रविधिको युगमा फाईदा वेफाइदा दुबै हुने हुँदा प्रयोग कर्ता आफै सचेत रहनु पर्नेमा उहाँले जोड दिनुभयो । विशेष अतिथि प्रदेश सांसद तथा पुर्व संकृति मन्त्रि खिनु लंग्वा लिम्बुले ग्रमीण भेगका सामन्य आयस्तर भएका व्यक्तिले पनि प्रयोग गर्न सक्ने गरि छुटको व्यवस्था मिलाउन पर्नै बताउनु भयो । उहाले सुलव पहुँचमा पुर्याउनका लागी ग्रामिण क्षेत्रमा बढी प्राथकितामा राखेर काग गर्न सुझाव समेत दिनुभयो ।
यस्तै सूर्योदयका नगरपलिकाका नगर प्रमुख रणबहादुरले ग्रामिण क्षेत्रका स्वास्थ कार्यलय र सामुदायीक विध्यालयमामा नगरले प्रविधि विस्तार गरेको बताउनु भयो । साथै उहाँले बोर्डरमा अझै पनि नागरिकले नेपाली सिम प्रयोग गर्न नसकेकाले यो अवस्थालाई मध्यनजर गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा इलाम जिल्ला समन्वय उप प्रमुख चित्रकला बराइलीले प्राधिकरणले यस्ता कार्यक्रम गर्दै जानु पर्ने बताउनु भयो । प्राधिकरण अध्यक्ष खनालले नेपामा कहाँ कसरी नेटको सदुपयोग गर्ने भन्ने थाहाँ हुन नसकेको बताउनु भयो । हामीले पारिवारीक तस्विर ,जानकारी , सामाजिक संजालमा हेक्का नगरी राख्ने हुँदा समस्या उत्पन्न हुने बताउनु भयो ।
सामाजिक संजालमा हुने हरेक गतिविधि प्राधिकरणले रेकर्डमा राख्ने भएको हुदाँ कसैले मैले गरेको छैन भनि भ्रममा नपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायत पाँचै जिल्लाका पालिका प्रमुख ,उप प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । तिन सेसनमा गरिएको कार्यक्रको दोस्रो सेसनमा पाँच जिल्लामा नेटको पहुँच , प्रयोग कर्ता , यस्को फाइदा वेफाइदा बारेमा गरिएको सर्वेक्षणको नतिजा सम्भु पहाडीले प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो सेसनमा उपस्थित सहभागीका जिज्ञासा, प्रश्न र सुझाव माथि छलफल गरिएको थियो । प्राधिकरणका निर्देशक डा सुरेन्द्र लाल हाडाले स्वागत मन्तव्य राख्नु भएको थियो । परियोजना अन्र्तगत पालिकाका बिद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सुविधा उपलब्ध गराईदै आएको छ ।

TOP