कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा नेकपा (एस) निकट अखिल नेपाल किसान महासंघ गठन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममा नेकपा (एस) निकट अखिल नेपाल किसान महासंघ गठन

इलाम : नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी (एस) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कमिटि इलाम गठन भएको छ ।सूर्योदय नगरपालिकामा सम्पन्न भेलाले शिब कुमार बस्नेतको अध्यक्षतमा ६१ सदसीय जिल्ला कमिटि गठन गरेको हो ।
नवगठित कमिटिको उपाध्यक्षमा नेत्रप्रसाद पराजुली र बिर बहादुर राई ,सचिव मदन खतिवडा , सहसचिव रितु थामी कोषाध्यक्षमा सूर्यकुमारी राई चयन हुनु भएको छ ।पुर्व प्रधानमन्त्री एबं नेकपा एसका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यता र अखिल नेपाल किसान महासंघ प्रदेश नम्बर १ को मेची उपाध्यक्ष तारा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एसका केन्दीय सदस्य तथा प्रदेश नम्बर १ का संस्कृंती तथा पर्यटन मन्त्री खिनु लङवा लिम्बु , नेकपा एसका केन्दीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज राम चन्द्र पराजुली , नेकपा एसका केन्द्रीय सहल्लाकार परिषद सदस्य सूर्यबाला राई , एलबि सुब्बा ,केन्द्रीय सदस्य टेक बहादुर राई , केन्द्रीय परिषद सदस्य सावित्रा गडतौला , जिल्ला कमिटि अध्यक्ष भक्त केसी ,प्रदेश कमिटि सदस्य तथा बुद्धिजिवि सगँठन परिषद इलाम इन्चार्ज पुष्प ढुङ्गाना , प्रदेश कमिटि सदस्य डम्बर गदाल जिल्ला कमिटि सचिवालय सदस्य रण बहादुर राई नगर अध्यक्ष कमल गदाल युवा सघँ स्थायी कमिटि सदस्य तथा इलाम इन्चार्ज पेमा उगेन लामा लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथी पुर्वप्रधानमन्त्री खनालले जब सम्म किसान जागरुक हुन सक्दैन किसान माथी भएको शोषण दमन अत्यचार अन्त्य हुन सक्दैन तब सम्म देशको विकास हुन नसक्ने बताउनु भएकोछ ।“किसानको विकास नभए सम्म देशको अर्थतन्त्र सुदृड हुन नसक्ने भएकोले किसानको हित र विकासको लागि नेकपा एसले अव नेतृत्व गर्छ ” लोकतन्त्र गणतन्त्र स्थापनामा नेपालका किसानको ठुलो भुमिका रहेको हुनाले किसानको उन्नती प्रगती नै पहीलो आवश्यकता भएको खनालले बताउनु भएकोछ ।
२०७४ सालमा भएको चुनावमा एमाले र माओबादी केन्द्र एक भएर जादा दुई तिहाई बहुमत ल्याएर नेपालको इतिहासमै असाधरण विजय हासिल गरेको भएपनि त्यसपछि सरकारको नेतृत्व गरेका ओलिले पार्टी सगँ क्ुनै समन्वय नगरी एकलौटी ढगँले अगाडी बढेको , नेपाली जनताको अपेक्षा किसानको अपेक्षा अनुसार भुमि सुधारको क्षेत्रमा कुनै प्रगति गर्न नसकेको किसानको आशा अनुसारको कार्यक्रम ल्याउन आफुले पटकपटक आग्रह गर्दा पनि कुनै आर्थिक बर्षमा नल्याएको र पार्टी र सरकारलाई एकलौटी ढगँले चलाएकोले समाजबाद स्थापना गर्न नेपाली जनता किसानको हित अनुसार अगाडी बढदै सबिंधानको रक्षाको लागि आफुहरुले बिद्रोह गर्न बाध्य भएको बताउनु भएकोछ ।
गठबन्धनका दलहरु बिच सिटबाडफाडको बिषयमा गभिंर छलफल जारी रहेकोले केहि दिनमै यसको टुङगो लाग्ने बताउनु भयो । सबै नेता कार्यकर्ता भातृ सगँठन गठबन्धनमा आबद्ध पार्टी शुभचिन्तकलाई एकता बद्धभएर गठबन्धनको उम्मेद्धारलाई जिताउन लाग्न आग्रह गर्नु समेत गर्नुभएकोछ ।

TOP