कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने कालोपत्रे सडकको पूर्व प्रधानमन्त्री खनालद्धारा शिलान्यास

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
इलामको लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने कालोपत्रे सडकको पूर्व प्रधानमन्त्री खनालद्धारा शिलान्यास

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको भालुखोप लक्ष्मीपु हुँदै झापा खुदुनाबारी जोड्ने सडकको पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नु भएको छ ।संघीय सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड लगानीमा बन्ने ९ दशमलब २ किलोमिटर पक्की सडकको शुक्रबार वडा नम्बर १३ मा एक कार्यक्रमका बिच खनालले शिलान्यास गर्नु भएको हो । निर्वाचन क्षेत्र रणनीतिक सडकको एपेक्स कन्ट्रसन कम्पनी प्रा.लि.ले ठेक्का लिई सकेको जनाईएको छ ।
वडा नम्बर १३ का अध्यक्ष हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य खनालले उक्त सडक निर्माण भए पछि त्यस क्षेत्रका बासिन्दा मात्र नभई झापा इलामको दुरी समेत छोटिने बताउनु भयो । उहाले लामो प्रतिक्ष र स्थानीय जनताको माग पछि आफनो पहलमा उक्त सडक बन्ने निश्चित भएको बताउनु भयो । खनालले बिगतमा यस अघिको सरकारले उक्त सडक निर्माणमा चासो नदिदा काममा ढिला भएको बताउनु भयो ।
उहाले भन्नु भयो ‘सडक बनेपछि जनजिवनमा सकारात्मक प्रभाव पर्ने छ , सबैले सडक निर्माणमा खवरदारी गर्नु होला । ’उहाले शिलान्यास कार्यक्रममा बोल्दै सडक निर्माणले स्थानीय कृषि उपज इलाम र झापाका बिभिन्न स्थानमा लैजान सकिने भए पछि उक्त क्षेत्रमा आयआर्जनमा बृद्धि हुँने बताउनु भयो । उहाले गुणस्तरीय सडक निर्माण गर्न आग्रह गर्दै सडक निर्माण तोकीएकै समयमा सक्न निर्माण कम्पनीलाई आग्रह गर्नु भयो ।
खनालले भन्नु भयो ‘हामीले एक ढंगले योजना बनाएर काम गरर्यौ भने देशले १० बर्षमा कायापलट फेर्छ ।’‘नेता ठिक ढंगले हिड्दैनन, नेता सहि बाटोमा हिड्ने हो भने देशको मुहार चाडै फेरीन्छ’खनालले भन्नु भयो ।
उहाले आसन्न प्रदेश प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचनमा नयाँ ढंगले सहभागी बन्न आग्रह गर्दै मतदातालाई सक्रिय सहभागी भई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नु भयो ।
खनालका सोकीय सचिव कृष्ण भट्टराईले हाम्रो पालिकालाई दिनु भएको जानकारी अनुसार शुक्रबार बिहान गोर्खे बजार मानेभञ्ज्याङ सडकको शिलान्यास गर्नु भएको थियो ।

TOP