कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रोङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखीय सुधार

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
रोङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखीय सुधार

फिक्कल: भारत र झापासँग सिमाना जोडिएको रोङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय प्रगति देखिएको छ ।अघिल्लो बर्ष इलामको १० वटा स्थानीय तह मध्ये १० औ स्थानमा रहेको थियोे ।तर गत बर्ष २०७८–०७९ मा स्वास्थ्य कार्यक्रमको आधारमा प्रदेश स्वास्थ्य मन्त्रालय क्षेत्रीय स्वास्थ्य निदेशनालय, जिल्ला प्रसाशन कार्यालय, जिल्ला समन्वय समिति तथा स्वास्थ्य कार्यालय इलामले गरेको कार्य सम्पादन मुल्याङकनले गाउँपालिका तेश्रो स्थानमा आइपुगेको स्वास्थ्य शाखाका प्रमुख युवराज काफ्ले बताए ।
खुल्ला सिमाना रहेको भारत र झापासँग सिमाना जोडिएर भौगोलिक रुपमा काम गर्न समेत निक्कै असहज भएपनि नागरिकको आधारभूत आवश्यक्ता र मानव बिकास सुचाङकको आधार स्वास्थ्य र शिक्षा हो । जसमा लगानीको तत्काल प्रतिफल भौतिक रुपमा नदेखिएपनि समृद्धिको आधार रहेकोले गाउँपालिका यस्ता दिर्घकालिन मानव बिकासका कार्यमा बिषेश योजनाका साथ लागिरहने प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दहालले बताउनु भयो ।
गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुबिधाको लागि नियमित खोप ,सुरक्षित मातृत्व र पोषण सेवा,परिवार नियोजन ,महामारी रोग नियन्त्रण, नसर्ने रोग नियन्त्रण र स्वास्थ्य शिक्षा कार्यक्रम ,टाइफाइट खोपको सुरुआत र प्रभावकारी कार्यन्वयन अनुगमन सहित कोरोना बिरुद्धको पहिलो मात्रा लगाउने ९६ प्रतिशत,दोश्रो मात्राका ९१ प्रतिशत र बुस्टर मात्रा लगाउने ८८ प्रतिशत रहेको छ ।
सत प्रतिशत पुर्याउने प्रयासमा निरन्तर लागिरहेको स्वास्थ्य शाखा प्रमुख काफ्लले बताए । यसै गरि गाउँपालिकाले किशोरी स्वास्थ्य शिक्षा अन्तरगत सबै माध्यामिक बिद्यालयमा सेनेटरी प्याडको मेसिन र दुइबटा माध्यामिक बिद्यालयमा डिस्पोज मेसिन, सुत्केरी पोषण कार्यक्रम, बिद्यालयका प्रधानाध्यापक जनप्रतिनिधि स्वास्थ्य स्वयंसेबिका र स्वास्थ्यकर्मीका लागि आँखा ,नाक, कान ,घाटी र मुख सम्बन्धी स्वास्थ्य शिविर चलाएको थियो । कार्यक्रमको प्रगतिको आधारमा कार्यालय जिल्लामा तेश्रो स्थान आए संगै उल्लेखनिय सुधार भएको अनुमान गर्न सकिन्छ ।
छ वटा वडा रहेको गाउँपालिकामा चारवटा स्वास्थ्य चौकी, दुइवटा सामुदायिक स्वास्थ्य इकाइ , दुइवटा,आयुबेद्विक र अस्थाइ कोभिड अस्पताल गरि बिभिन्न १० स्थानबाट नागरिकले सेवा लिइरहेका छन् । यसैगरि २० बटा खोप केन्द्र रहेको रोङमा ४५ जना स्वास्थ्यकर्मी र ६८ जना महिला स्वयंसेविका रहेका छन् । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले स्वास्थ्य र शिक्षामा गाउँपालिकाले बिषेश ध्यान दिईने बताउनु भएको छ ।

TOP