जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

‘खुशी पाठ्यक्रम’बाट नेपालले सिक्न सक्ने पाठ

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
‘खुशी पाठ्यक्रम’बाट नेपालले सिक्न सक्ने पाठ
Spread the love

तीन तिरबाट हामीलाई घेरेको देश भारतमा २९ राज्य र सात केन्द्र शासित प्रदेश छन् । यि राज्य र केन्द्र शासित प्रदेश पुनः जिल्लाहरू तथा अन्य क्षेत्रहरूमा बाँडिएका छन् । अहिले विश्वको ध्यान तान्न सफल एउटा क्षेत्र हो दिल्ली ।

सन् १९९१ मा भारतीय संविधानको ६९औं शंसोधन मार्फत केन्द्र शासित प्रदेशलाई दिल्ली राष्ट्रिय राजधानी क्षेत्रको पहिचान दिइएको हो । दिल्लीमा एक सदनात्मक विधान सभा छ, जसमा ७० जना विधायक सदस्य रहन्छन् । भारत भरका झण्डै १५ लाख सार्वजनिक विद्यालयमध्ये पुगनपुग ३ हजार सार्वजनिक विद्यालयहरु यो राष्ट्रिय राजधानी क्षेत्रमा पर्दछ र यहाँ करिब ६० हजार शिक्षकहरु कार्यरत छन् ।

दिल्लीमा १९९३ मा पहिलोपटक विधानसभा चुनाव भइ भारतीय जनता पार्टी ९ बिजेपी० ले सरकार गठन गर्यो । क्रमशः सन् १९९८, सन् २००३ र सन् २००८ मा भारतीय राष्ट्रिय कांग्रेसले विधानसभा चुनाव जिति शिला दिक्षीतको नेतृत्वमा सरकार बनायो ।

सन् २०१३ को पाँचौं विधानसभा चुनाव र सन् २०१५ को छैटौं विधानसभा चुनावमा आम आदमी पार्टी ९आप० ले बहुमत हासिल गरि अरविन्द केजरीवालको नेतृत्वमा सरकार बनायो । वर्तमान विधान सभा भने सन् २०२० को फेब्रुअरी ८ मा सम्पन्न चुनावको परिणाम हो । जसमा कुल ७० सिट मध्ये ६२ सिट आपले प्राप्त गरि पुनः अरविन्द केजरीवालको नेतृत्वमा सरकार गठन भएको छ । बाँकी ८ सिटमा भने बिजेपी ले जीत हासिल गरी बिपक्षी दलको रुपमा विधान सभामा उपस्थित छ ।

दिल्लीमा केजरिवाल नेतृत्वको सरकारले मुख्यतः १० कामहरु गर्ने प्रतिवद्धता गरेको थियो ।

पहिलो कोहि भोको नहुने र सोहि बमोजिमको योजना निर्माण गर्ने ।

दोश्रो हर बालबालिकालाई राम्रो शिक्षा प्राप्त हुने त्यसका लागि सार्वजनिक विद्यालयहरु सुधार गर्ने ।

तेस्रो बिरामी हुँदा गरिव र धनी दुबैका लागि निःशुल्क स्वास्थ सेवा उपलव्ध गराइने ।

चौथो २०० यूनिट विजुली निःशुल्क,२४सै घण्टा विजुली ।

पाँचौं २० हजार लिटर सुध्द पानी निःशुल्क ।

छैटौं रोजगारी, जसका लागि जव पोर्टल, स्टार्ट अप पोलिसी, रोजगार मेला आदि कार्यक्रम सञ्चालन गर्ने ।

सातौं घर ९मकान०–विशेषतः गरिवलाई इज्जतदार घर उपलव्ध गराउने ।

आठौं महिलाको सुरक्षा – बस र सार्वजनिक स्थानहरुमा सिसिटिभि, अँध्यारोमा सिसिटिभि योजना आदि ।

नवौं येष्ठ नागरिकको सम्मान, उनीहरुलाई तिर्थयात्रा गराउने आदि ।

दशौं समानतामा आधारित व्यवहार थिए ।

यो आलेखमा चर्चा गर्न खोजेको विषय दुई नम्बर प्रतिवध्दता अर्थात हरेक बालबालिकालाई राम्रो शिक्षा प्राप्त हुने र त्यसका लागि सार्वजनिक विद्यालयहरु सुधार गर्ने योजना सम्वन्धमा कार्यान्वयनमा रहेका प्रगतिशिल योजना, भएको प्रगतिरसुधार र नेपालले त्यस बाट सिक्न सक्ने पाठरज्ञान सम्बन्धमा केन्द्रित रहनेछ ।

नेपालले सिक्न सक्ने पाठ

शिक्षा पूर्वक मानवमा ज्ञान प्रतिष्ठा नभएर पत्थरमा प्राण प्रतिष्ठा गरिएको हो,तसर्थ मान्छेले ज्ञान प्रतिष्ठा नभएर नै मन्दिर, मस्जिद, गुरुद्वारहरु माथि आस्था राखे न कि विद्यालयमा । माथि उल्लेखित शैक्षिक मर्मको कार्यान्वयन नै दिल्लीमा सुरु गरिएको ुखुशी पाठ्यक्रमु ९ह्याप्पी करिकुलम० हो । शिक्षाको पहिलो लक्ष्य परिवार शान्ति र अन्तिम लक्ष्य विश्व शान्ति वा वैश्विक युध्दमुक्त्तताको अवस्था हो । हाम्रो राजनीति तब राम्रो देखिन्छ जब हाम्रा विद्यालयमा पढ्ने नानीहरु राम्रा देखिन्छन् । जुन “खुशी पाठ्यक्रम”को अव्यक्त उद्देश्य हो । हाम्रा विद्यालयमा पाठ कण्ठस्थ गराउने र मेरुदण्डमा आजीवन नकारात्मक प्रभाव पार्ने गरि भारी बोकाउने, त्यसैलाई उम्दा करार गर्नेहरुले बालबालिकाको खुशी फिर्ता ल्याउन गरेको प्रयास के रु

के हामी सहअस्तित्व मुखी बालबालिका बनाउन सक्दैनौ रु प्रतिस्पर्धा र महत्वाकाँक्षा बास्तवमै बालबिकासका विरोधी विषय हुन्,जसले जीत, सफलता, पराक्रमलाई मात्र जीवन हो भन्ने मिथ्या सूचना दिमागमा भरिदियो । हार, असफलता, निरन्तरको प्रयत्नशीलता, सामयिक दुर्बलता, विपत्ति जन्य बिषयको सहनशीलता आदि पनि जीवनकै लय हुन् भन्ने विषय प्रतिस्पर्धा र महत्वाकाँक्षाको अतिसय प्रयोगले स्वीकार्न सिकाएन ।

हामीले बालबालिकालाई राम्रो पढ, उत्कृष्ट नतिजा प्राप्त गर, त्यसो हुँदा भविष्यमा राम्रो देश जान÷पढ्न पाउँछौ भनेर घुमाउरो भाषामा बालमस्तिष्कमा आफ्नो देश तन्नम, काम नलाग्ने, बेइमानहरु मात्र बस्ने आदि नकारात्मकता युक्त रहेको बिचार जबरजस्त भरिदियौं । अब नीति निर्माणको तहवाटै त्यसको ुप्याराडाईम सिफ्टु गर्ने दिशामा सोच्न विलम्व गर्न हुन्न, जुन दिल्लीले सन २०१५ ताका नै पत्तो पाइसक्यो ।

दिल्लीले पछिल्लो सात बर्षदेखि कूल बजेटको २५ प्रतिशत भन्दा वढी शिक्षामा लगानी गरिरहेको छ । हाम्रोमा दुइ अङ्कको बजेट शिक्षामा लगानी गर्न अक्सर संघीय सरकार हिच्किचाएको देखिन्छ । एकाध बाहेकका स्थानीय सरकारहरु शिक्षकहरुको तलब भत्ता बाहेकको अन्य क्षेत्रमा पनि लगानी आवश्यक हुन्छ भनेर बुझ्ने हैसियत नराख्ने देखिन्छ । संविधानले समेत बहुअर्थी पदावलीहरु प्रयोग गरेर गिजोलेको शिक्षालाई मुलप्रवाहिकरण गर्न प्रथमतः शैक्षिक लगानीलाई बढाउनु पर्दछ । दिल्लीवाट सिक्नै पर्ने अर्को महत्वपूर्ण विषय यो हो ।

सन् २०१५ भन्दा अगाडी कक्षा १ देखि कक्षा १२ सम्ममा पुग्दा दिल्लीका बालबालिकाले कम्तीमा २५ हजार घण्टा समय विद्यालयमा बिताउँथे जब जीवन विद्यालाई खुशी पाठ्यक्रम मार्फत शिक्षामा ल्याउँदा १५ हजार घण्टामा नै आवश्यक उपलव्धी प्राप्त हुने देखियो त्यसबाट हामीले पनि वैकल्पिक शिक्षण सिकाइ रणनीति प्रयोगका खातिर अनुसन्धानलाई तिव्रता दिन विलम्व गर्न नहुने देखिन्छ । हाम्रो शिक्षामा अनुसन्धानको पाटो भने अत्यन्तै कमजोर देखिएको तथ्यलाई हामीले झुट सावित गर्न विलम्व गर्नु प्रत्युत्पादक सावित हुनेछ ।

खुशी हुन काम गर्दा खुशी मिल्दैन बरु खुशी भएर काम गर्दा खुशी मिल्छ भन्ने विषयलाई दिल्लीमा कार्यान्वयनमा ल्याइएको छ । त्यसका लागि हरेक दिन १८ लाख बालबालिकाहरु दिनको सुरुवात ध्यान ९मेडिटेसन० को मार्फतबाट गर्छन् । हामी विद्यार्थीलाई खुशी हुन निर्देशन दिन्छौं, खुसी हुने उपाय सुझाउन्नौं । हामी बालबालिकालाई आँखा चिम्लिएर आफुले फेरिरहेको श्वास हेर्न, मुटुको धड्कन गन्न, म को हुँ भन्ने कुरा उनीहरु आँफैले पहिचान गर्ने वातावरण वनाईदिन, मन जिते जग जितिन्छ भन्ने कुरा वोध गराउन चुकिरहेकै छौँ । दिल्लीका शिक्षा मन्त्री मनिष सिसोडिया बालबालिकालाई “आफ्नो बारेमा जवाफ दिनु कि म किन पढिरहेछु रु” भनेर प्रश्न गरिरहन्छन् । हामी त्यो स्तरबाट त्यति सरल तर जीवन बोक्ने सवाल बालबालिकालाई गर्न सक्छौं रु

दिल्लीको सरकारले शिक्षक तथा कैंयन विद्यालयका प्रधानाध्यापकहरुलाई समेत दुनियाँको सबसे उत्तम संस्थाहरुमा पठाएर तालिम दिलाउने व्यवस्था गर्यो । उसले फिनलैण्ड, केम्व्रिज, सिङ्गापुर, आइआइएम जस्ता देश तथा संस्थाहरुबाट तालिमको व्यवस्था गर्यो । हामी कहाँ जनशक्तिको शसक्तिकरण र तालिममा लगानी सुन्य प्राय छ । तालिम प्रदायकहरु समेत कर्मकाण्डी बनेका छन् । त्रिभुवन विश्वविद्यालयको हालत भद्रगोल छ । हामीलाई त्यसको सपाट समृद्दीकरणमा लाग्न के ले छेकेको छ रु हाम्रा नीति निर्माताहरुको ध्यान त्यतातिर जान किन अफ्ठ्यारो भएको होला रु अन्ततोगत्वा त्यता तिर नगए हामी एउटा पुस्ताको भविष्यलाई कोमामा लैजाँदै छौँ ।

अन्तमा हामी पनि असल मानव, देशभक्त्त नागरिक र पेट पाल्न सक्षम र तयार जनशक्ति उत्पादनमा हाम्रा नीतिहरु केन्द्रित गर्न जरुरी छ ।

“रूदै जन्मियौं, दुनिया हाँस्यो, हाँस्दै जाने हो दुनियाँ रुनेछ” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको भनाइलाई आत्मसात गर्दै संस्कार मैत्री, प्रेमयुक्त आफ्नोपनको शिक्षामा ढिलो गर्न हुन्न ।

दाहाल श्री फिक्कल माध्यमिक विद्यालय ईलामका शिक्षक हुन् । यो लेख edukhabar मा प्रकाशन भएको छ ।

TOP