कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

राष्ट्रिय समावेशी आयोगको कार्यक्रममा खस आर्यको विरोध

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
राष्ट्रिय समावेशी आयोगको कार्यक्रममा खस आर्यको विरोध

मनोज अधिकारी,फिक्कलः
राष्ट्रिय समावेशी आयोगको कार्यक्रममा खस आर्यको विरोध भएको छ । इलामको सूर्योदय नगरपालिकामा सम्पन्न राष्ट्रिय समावेशी आयोग अल्पसंख्यक, सीमान्तकृत एवं अन्य लक्षित वर्गहरु र नगरपालिका संगको छलफल कार्यक्रममा सहभागी मध्ये केहीले आयोगबाट खस आर्यलाई नै हटाउनुपर्ने भन्दै विरोध गरेका हुन् । आयोगका पाँच पदाधिकारीमा खस आर्यको मात्र प्रतिनिधित्व भएको र आयोगको कार्यक्षेत्र भित्र पर्ने लक्षित वर्ग अन्तर्गत खस आर्यलाई नै पहिलो बुँधामा राखिएको भन्दै गैर खस आर्य समुदायका प्रतिनिधिहरुले विरोध जनाएका हुन् । उनिहरुले समावेशी आयोग असमावेशी भएको आरोप लगाएका छन् । तर राष्ट्रिय समावेशी आयोग एक संवैधानिक आयोग हो जसको गठन ब्यवस्था संविधानको धारा २५८ र काम,कर्तब्य,अधिकार धारा २५९ मा प्रष्ट उल्लेख छ । सूर्योदय नगरपालिका वडा नं ७ का वडाध्यक्ष लोक बहादुर चाम्लिङ र राष्ट्रिय प्रजातन्त्र पार्टी इलाम क्षेत्र नं १ का अध्यक्ष सन्तोष मोक्तानले समावेशी आयोगबाट खस आर्यलाई हटाउनुपर्ने भन्दै चर्को विरोध जनाए । वडा नं १० का वडाध्यक्ष पेमा उर्गेन लामा, ४ का वडाध्यक्ष सरन राई, नगर प्रवक्ता ख्याम भुजेल लगायतले संवावेशीताका लागी संवैधानिक ब्यवधान भए शंसोधन गरेर भएपनि सबै वर्गको अपनत्व हुने ब्यवस्था लागु गरिनुपर्ने बताएका छन् । नेपाल आदिबासी जनजाती महासंघ सूर्योदय नगर समिति अध्यक्ष सोनाम योल्मो र सोनाम छिरिङ काजीले आजको कार्यक्रममा उठेका विषय संसद बैठकको छलफलमा लैजाने ग्यारेन्टि हुनुपर्ने बताए । वडाध्यक्ष लामाले त आदिबासी जनजातीले राखेका विषय खस आर्यले कसरी संवोधन गर्ला र छलफलको विषय बनाउला भन्ने कुरामा आशंका नै ब्यक्त गरेका छन् । दलित समन्वय परिषद नगर उत्थान समिति अध्यक्ष कमल गधाल र नगर कार्यपालिका सदस्य सावित्रा शिवाले राजनैतिक दलहरुले टिकट वितरण गर्दा संधै दलितहरुलाई उपेक्षा गर्ने गरेको गुनासो पोखे । शिवाले भनिन, “कतै टिकट पाईहाले पनी नाकको आधारमा भोट नपाउँदा हार्नु परेको छ” । कार्यपालिकाकै अर्की एक सदस्य लता गौतम अधिकारीले महिलालाई सम्मानजनक सहभागिता नगरिएकोमा दुखेसो पोखिन । वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जनले आफ्नो वडामा घटना दर्तामा देखिएको कानुनी जटिलता र सामाजिक अवस्थाबारे बोले भने महिला, बालबालिका, ज्येष्ठ नागरीक एवं अपाङ्गता शाखाकी प्रमुख तारा शेर्पाले लक्षित समुहको नाममा छुट्याईने बजेट कटौती हुने गरेको भन्दै यसो गर्दा कसरी समानता कायम हुन्छ भनेर सोधेकी छन् । कार्यक्ममा खस आर्यको प्रतिनिधित्व गर्दै बोलेका अधिबक्ता लेखनाथ दाहालले संविधान र प्रकृयाका आधारमा नियुक्त पदाधिकारीहरुले सबैलाई मिलाएर समावेशी रुपमा लैजानुपर्ने बताए । उनले भने, “गाडी जसले हाँके पनी यात्रु गन्तब्य सम्म पुग्नु नै ठुलो कुरा हो” । त्यसंले आरोप,आलोचना,गाली नगरी समावेशीकरण तर्फ उन्मुख हुनुपर्ने दाहालले बताएका छन् । पत्रकार जय कुमार राईले संविधानले नै त्रुटि गरेकाले यसलाई सच्याएर लैजानुपर्ने धारणा राखेका छन् । यस्ता कुराले मुलुकमा जातिय द्धन्द र विद्रोहको स्थििति आउनसक्ने तर्फ सचेत गराउँदै उनले निती,नियम र संविधान बनाउनेहरुले बेलैमा सोच्नुपर्ने धारणा राखेका छन् ।

सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष डिक बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका माननीय अध्यक्ष डा।राम कृष्ण तिमल्सिना प्रमुख अतिथि र माननीय सदस्य पुष्पराज तिमल्सिना विशेष अतिथी रहेका थिए । कार्यक्रममा सहभागिले राखेका गुनासो सम्बोधन गर्दै प्रमुख अतिथि डा तिम्सिनाले छलफलमा भाग लिएर आफ्ना कुरा राखेकोमा सहभागिलाई धन्यवाद दिए । सहभागि मध्ये केहीले खस आर्यलाई आयोगबाट हटाउनुपर्ने भन्दै आयोगको पदाधिकारी नियुक्ती माथि नै प्रश्न गरेपछि भने डा तिम्सिनाले संविधान अध्ययन गर्न सुझाएका छन् । संविधानको धारा २५८ मा यसको गठन ब्यवस्था र धारा २५९ मा काम कर्तब्य अधिकार प्रष्ट उल्लेख गरिएको भन्दै जनताका प्रतिनिधिले संविधान पढ्नुपर्ने उनले बताए । राष्ट्रिय समावेशी आयोग ऐन २०७४ ले पनि यस आयोगको काम कर्तब्य अधिकार सम्बन्धमा थप प्रष्ट बनाएको उनले बताएका छन् । तिम्सिनाका अनुसार ११ वटा लक्षित वर्गहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने,सरकालाई सुझाव तथा सिफारिश गर्ने,समिक्षा,अनुगमन र मुल्याङकन गर्ने र सशक्तिकरण चेतनामुलक कार्यक्रम संचालन गर्ने जस्ता काम यस आयोगले गर्दछ । अहिले आयोगको वर्तमान पदाधिकारी खस आर्यबाट परे भनेर विरोध गनुर्, आलोचना गर्नुले समावेशीता नआउने उनको भनाई छ । उनि भन्छन्, “कस्ले गर्यो होइन के गर्यो भन्नेमा जानु पर्छ ।” आयोगले जातिय समानता मात्र नभएर कृषक,श्रमिक,महिला,पिछडीएका वर्ग,अल्पसंख्यक समुदाय,अपाङ्गता भएका मानिस लगायत सबै पक्षमा सामाजिक समानता कायम हुनुपर्छ भन्ने ध्येय राखेको अध्यक्ष तिम्सिनाको भनाई छ । उनले भने, “बौद्धिक देखिएका केही वक्ताले कुनै कुरा संविधान विपरीत बोलेको देख्दा अचम्म लाग्यो । आसनमा प्रमुख अतिथी बनाएर सम्मान गर्दै तल बसेर गाली गरेको सुहाएन” । आयोग सबै कुरामा समावेशी हुन नसक्नु संवैधानिक समस्या हुन सकेपनी काम,कर्तब्य र अधिकार का पक्षमा समावेशी रहेको डा तिम्सिनाको तर्क थियो । छलफलमा सहभागि वडाध्यक्ष लगायतका जनप्रतिनिधिले ठाढै खस आर्यलाई आयोगबाट हटाउनुपर्छ भनेर बोलेपछि तिम्सिनाले अपमान महशुष गरेका थिए । संवंधानिक ब्यवस्थामा टेकेर नियुक्त गरिएपछि आयोगको जिम्मेबारी समाल्दै आएका तिम्सिना सर्वोच्च अदालका पुर्व रजिष्टार हुन् । उनले ३ दशक न्याय क्षेत्रमा अनुभव बटुलिसकेका छन् । उनको अदालत भित्र अदालत बाहिर नामको लोकपृय कृति समेत प्रकाशित छ ।

कार्यक्रमका विशेष अतिथी आयोगका माननीय सदस्य पुष्पराज तिम्सिनाले महिला आत्मनिर्भर भएमात्र समाज समुन्नत हुने बताएका छन् । उनले श्रीमानको भरमा बाँच्नुपर्ने बाध्यता बाट मुक्त भई आत्मसम्मान पुर्वक आफ्नो कमाईमा बाँच्न सके महिला माथिको विभेध कम हुने आशा ब्यक्त गरे । उनि भन्छन्,“आर्थिक सवलिकरणबाट समानता कायम हुँदै जान्छ” । हाम्रो लक्ष्य रोजगारी प्राप्त गर्नेबाट रोजगारी दिनसक्ने तर्फ हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्राई समेतको आतिथ्यता रहेको थियो ।

TOP