जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

अलैंचीको बजारीकरणका लागि ‘वाह अलैंची’ कार्यक्रम

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
अलैंचीको बजारीकरणका लागि ‘वाह अलैंची’ कार्यक्रम

झापा: नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको वजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम शुरुवात गरेको छ ।अलैंचीको प्रवद्र्धन गर्ने उद्देश्यले स्वीस सरकारको सहज कार्यक्रम अन्तरगत वाह अलैंची कार्यक्रम शुरुवात गरेको हो । स्वीस कार्यक्रम मार्फत नै मास्टर सेफ सन्तोष शाहलाई अलैंचीको ब्राण्ड एम्बासेडर नियुक्त गर्दै कार्यक्रमको शुरुवात गरिएको हो । १ नम्वर प्रदेश सरकारको समेत सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले गर्नुभयो ।
बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दर्लामीले नेपालमा उत्पादित अलैंची विश्व वजारमा प्रख्यात रहेपनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैंचीका विषयमा जानकारी दिनु पर्ने बताउनुभयो । उहाँले अलैंची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिना, उद्योग वाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे लगायतले बोल्नु भएको थियो ।
नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको अलैची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४ सय हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा अलैंची खेती हुँदै आएको र वार्षिक करिव पाँच हजार पाँच सय मेट्रिकटन अलैंची उत्पादन हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो ।पूर्वाञ्चल दैनिकबाट

TOP