प्रेम अधिकारी
फिक्कल(इलाम)
इलामको सूर्योदय नगरपालिका ३ का गोपाल आचार्यले ब्यवसायिक गाईपालनबाट मासिक तीन लाख बढी आम्दानी गर्दै आउनु भएको छ । पशुपालन ब्यवसायमा राम्रो भविश्य देखेर ब्यवसायिक गाईपालन थाल्नु भएका सूर्योदय ३ रुङसुङका आचार्यले गाईपालन ब्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाख बढी आम्लानी गर्दै आउनु भएको हो ।
गाउँघरमा गाईपालनलाई अझै पनि सामान्य पेशाका रुपमा मात्र लिइने गरीएको छ । तर, आचार्यले आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा गरीएको ब्यवसायिक गाईपालनले मासिक तीन लाख ५० हजार रुपियाँ सम्म आम्दानी गर्दै आउनु भएको छ । आचार्यले आफनो र अन्य जमिन लिजमा लिएर ‘पञ्चामृत गाई फार्म’ संचालन गर्दै आउनु भएको छ । उहाले दुध बिक्रीबाट मात्र मासिक दुई लाख ८८ देखि तीन लाख ६० हजार रुपियाँ सम्म आमदानी गर्ने गरेको जानकारी दिनु भयो । आफनो फार्मबाट दैनिक १६० देखि २०० लिटर सम्म दुध उत्पादन गरी नजिकैका डेरी उद्योगमा बिक्री गर्दै आएको आचार्यले जानकारी दिनु भयो । दुध डेरीमा पु¥याउदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने गरेको छ ।
आचार्यका फार्ममा अहिले ३४ वटा माउगाई छन । त्यसमा १२ वटा दुहुन र अन्य ब्याउने अवस्थाका छन । ‘कुनै समय आधा दुहुना हुन्छन, फेरी यी थाक्दा अन्य ब्याउछन, बाह्ै महिना आम्लानीको स्रोत टुट्दैन, अहिले राम्रो छ आम्दानी’ आचार्यले भन्नु भयो । फार्ममा बाच्छाबाच्छिका लागि छुट्टै गोठ निर्माण गरिएको छ । अन्य खेतीबालीबाट सधै दुख मात्र भएपछि २०७० सालमा राष्ट्रिय बाणिज्य बैंकबाट १० लाख रुपियाँ ऋण लिएर आचार्यले दर्ता गरी गाई फार्म शुरु गर्नु भएको थियो । अहिले सम्ममाआचार्यले गोठ निर्माण देखि सबै कुरामा गरेर ४० लाख बढी लगानी फार्मममा गरी सक्नु भएको छ । उहाको गाई फार्मको मुल्य अहिले एक करोड नाघी सकेको छ । आचार्य भन्नुहुन्छ‘गाईलाई आवश्यक पर्ने पराल दानापानी किन्छौ, तर , गाई भने गोठकै बाच्छी हुर्कार बढाएका हौ, गाई किनेर त फाईदा हुँदैन ।’
गोपालकी श्रीमती सारदा संगै फार्ममा तीन जनाले रोजगारी पाएको आचार्यले जानकारी दिनु भयो । दुई जनाले फार्मका लागि एक जना सवारी चालक आचार्यले फामर्ममा कर्मचारीका रुपमा राख्नु भएको छ । गाई फार्ममा दुई जना कामदार र पिकअपमा एकजना सावारी चालकको गरी मासिक ४२ हजार खर्च तलवमै जान्छ । दुध र घास , पराल दाना ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गर्नु भएको छ ।
आफनो संगै अन्य लिजमा लिएको गरी २०० रोपनी क्षेत्रफलमा सुपर नेपियर लगायतका डाले घाँसखेती आचार्यले बिस्तार गर्नु भएको छ । आफ्नै ७० रोपनी र १३० रोपनी जमिन लिजमा लिएर घाँसखेती गरेको उहाले जानकारी दिनु भयो । २० रोपनी क्षेत्रमा सुपर नेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुँइघाँस गलाउनु भएको छ । ‘यति घासले मात्र पुग्दैन बर्षमा १२ हजारका दरले ४०÷५० गाडी पराल झापाबाट ल्याउछु’ आचार्यले भन्नु भयो ।
फार्ममा उहाले घास काट्ने च्यापकटर मेसिन, दुध दुने भ्याकुम मेसिन जडान गर्नु भएको छ । जसले उहालाई काममा सहजता थपेको छ । आचार्यले गाईको गोबरबाट तयार पारिएको मल बिक्रीबाट वार्षिक एक लाख थप आम्दानी गर्दै आएको जानकारी दिनु भयो । उत्पादित मल स्थानीय चिया सहकारी संस्था तथा चिया किसानले खरिद गरेर लैजाने गरेको बताउनु भयो । नबिकेको मल आफनै खेतीबालीमा प्रयोग हुने गरेको छ ।
आचार्यले कोशी प्रदेश सरकारबाट दुई वर्षअघि दुध दुहुने उपकरण खरिदका लागि दुई लाख ५० हजार अनुदान पाउनु भएको छ भने भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट २० हजार पाउनु भएको छ । गाईपालन ब्यवसायबाट ब्यवसायिक बन्नु भएका आचार्यका गोठका १४ माउ गाई लम्पि स्कीन रोगले मरे । तर, बिमा मार्फत उहाले ४० हजार मात्र क्षतीपुर्ती पाउनु भयो । उहाले सरकारी अनुदान र सहयोगको खासै आस पनि गर्नु भएको छैन । ‘सरकारी अनुदान र सहयोग भनेको पहुँच हुनेले पाउने हो, हाम्रो त्यो पहुँच पनि त छैन’ आचार्यले भन्नु भयो ।
गाउँमै बसेर पाखोबारीमा घास रोपी ब्यवसायिक तवरले गाईपालन गर्दा पनि गाउमै ब्यवसायिक बनी मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उद्दाहरणको पात्र गोपाल आचार्य बन्नु भएको छ ।
