फिक्कल: इलाम जिल्ला भरका स्वास्थ्य चौकी मध्ये सूर्योदय नगरपालिका ४ को श्रीअन्तु स्वास्थ्य चौकी जिल्ला भरमा लगातर तेस्रो पटक पनि प्रथम भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय इलामले गरेको न्यूनतम सेवा मापदण्ड(एम.एस.एस.) मूल्यांकनमा लगातार तेस्रो पटक यस आर्थिक बर्षमा पनि श्रीअन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो भएको हो ।
९४ अंक सहित श्रीअन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो , रोङ गाउँपालिकाको इरौटार स्वास्थ्य चौकी ८७ प्रतिशत अंक सहित जिल्ला भरमा दोस्रो र ८४ अंक सहित गोर्खे स्वास्थ्य चौकी जिल्ला भरमा तेस्रो भएको स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनु भयो । न्यूनतम सेवा मापदण्डामा शुसासन, किल्निकल सेवा बिस्तार र सहयोग ब्यवस्थापन पर्दछन ।
अन्तु स्वास्थ्यचौकीका प्रमुख लभकुमार घिमिरेले सबै कर्मचारीको मेहनतका कारण अन्तु स्वास्थ्य चौकी लगातार तेस्रो पटक पनि प्रथम हुनु नगरको गौरब भएको बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले अन्तु स्वास्थ्य चौकी तेस्रो पटक पहिलो र गोर्खे स्वास्थ्यचौकी तेस्रो हुनुले सूर्योदयको स्वास्थ्य संस्थामा ब्यापक सुधार आएको संकेत भएको बताउनु भयो । कार्यालयले आज एक कार्यक्रम बिच उत्कृष्ठ संस्था संस्थालाई सम्मान गरेको छ ।