अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति

  • प्रकाशित मितिः January 10, 2026
  • हाम्रो पालिका
जस्बीरे चिया उद्योगमा आगलागी हुदा  करोडको क्षति

इलाम: इलामको जस्जबीरेमा सञ्स्बिचालनमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी हुँदा सात करोड क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीबाट उद्योगका सबै मेशिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ ।

मंगलबार साँझ अचानक उद्योगमा एक्कासि आगो लागेको र नियन्त्रण भन्दा बाहिर गएको थियो । आगो के कारणले लाग्यो भन्ने खुल्न नसकेपनि विद्युत् सर्ट भएको अनुमान छ ।

आयो निभाउन इलाम नगरपालिकाबाट वारुणयन्त्र त्यसतर्फ लागेको छ । स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । ‘उद्योग करिब–करिब पूर्ण रूपमा जलिसकेको छ,’ उनले भने, ‘दमकल आइपुगेको छैन, दमकल नआउँदा हामीले कुनै उपाय लगाउन सकेका छैनौं ।’

यो चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए ।

उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुनेगरेको थियो ।

यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुन्थ्यो भने माग धान्न नसकिएको सुब्बाले बताएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्नेगरेको थियो ।इलाम आवाजबाट

TOP