कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

आमा जलाएको आरोप लागेका माङसेबुङका युवा खुलेआम हिड्दै

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
आमा जलाएको आरोप लागेका माङसेबुङका युवा खुलेआम हिड्दै


पैसा नदिएको झोंकमा आमाको हत्या
इलाम : माङसेबुङ गाउँपालिका–६ की ५८ वर्षीया चन्द्राकुमारी राई र उनका माइला छोरा अम्बिका भनिने पूर्णकुमार राई वैशाख १० गते जलेर घाइते भए। त्यही साँझ दुवै जनालाई उपचार गर्न झापाको दमक झारियो। त्यहाँ उपचार नभएपछि विराटनगर पुर्‍याइयो। तर, शरीर जलेका कारण चन्द्राकुमारीका दुवै मिर्गौलाले काम नगरेको भन्दै अस्पतालले फर्कायो। त्यसको केही दिनमा अम्बिका घाइते अवस्थामै फर्किए। एक स्थानीयका अनुसार आफूलाई पैसा नदिएको झोंकमा अम्बिकाले आमालाई पेट्रोल छर्केर जलाएका हुन्।

त्काल घटना थाहा पाएर कान्छी छोरीज्वाइँले आमाको उद्धार गरेका थिए। ‘नत्र घरै खरानी हुने रहेछ’, ती स्थानीयले भने। तर, चन्द्राकुमारी बाँचिनन्, वैशाख २२ मा उनको मृत्यु भयो। उक्त घटनाको जाहेरी नपरेको भनेर प्रहरी अनुसन्धानबाट पछि हटेको पाइएको छ। घटनाको अनुसन्धान गर्न इलाका प्रहरी मंगलबारेका तत्कालीन प्रहरी निरीक्षक राजकिशोर यादव खटिए। आरोपित व्यक्ति

घाइते अवस्थामा रहेको भन्दै उनी दुई वर्षसम्म म्याद नजानेर फर्किएको स्थानीय सुनाउँछन्। ‘तर, अम्बिका साउनमै निको भएर पनि खुलेआम डुलघुम गरिरहेका छन्’, एक स्थानीयले भने, ‘कसैले वास्तै गरेका छैनन्।’ इलामबाट सरुवा भइसकेका प्रहरी निरीक्षक यादवले घटनाबारे उजुरी नआएकाले मुद्दा अघि बढ्न नसकेको बताए।

‘हामी पुग्दा आमाछोरा नै जलेका थिए। दुवै जनाको बाँच्ने अवस्था दिएन’, उनले अन्नपूर्णसँग भने। स्थानीयले पनि ‘भवितव्य’ भनेर सर्जमिन मुचुल्का गरेको उनले सुनाए। जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लालध्वज सुवेदीले किटानी उजुरीका लागि परिवारलाई भनेको जानकारी दिए। ‘स्थानीयको सहयोगबिना केसलाई स्थापीत गर्न सकिँदैन’, डीएसपी सुवेदीले भने। उनले दुई वर्षसम्म कारबाहीको प्रक्रिया बन्द नहुने बताए।

वडाध्यक्ष प्रदीप साङपाङले आरोपितलाई पक्राउ गर्न प्रहरीलाई अनुरोध गरिएको जानकारी दिए। ‘परिवार र स्थानीयले किटानी जाहेरी नदिएसम्म पक्राउ गर्न नमिल्ने प्रहरीको भनाइ छ’, वडाध्यक्ष साङपाङले भने। आरोपित भने निको भएर गाउँघरमा डुलघुम गरिरहेको खबर स्थानीयले दिएको उनको भनाइ छ।

चन्द्राकुमारी गम्भीर अवस्थामा रहेकै बेला उनका जेठा खगेन्द्र किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय इलाम हिँडेका थिए। आमाको मृत्यु भएपछि उनी जाहेरी नदिई फर्किएको वडाध्यक्ष साङपाङले बताए। त्यसपछि जाहेरी दिन भने पनि उनले ‘भाइलाई सोध्नुपर्छ’ भनेर आलटाल गरिरहेको स्थानीयको भनाइ छ।

स्थानीय प्रहरीलाई घटनाको जानकारी दिँदा पनि ‘जिल्लाको आदेश’ चाहिने भन्दै पन्छिने गरेको स्थानीयको भनाइ छ। एक स्थानीयका अनुसार घाइते अवस्थामा उपचार गर्न जाँदा दमकमा प्रहरीले उनीहरूलाई भेटेको थियो। लकडाउनका बेला कुनै पनि निकायको सिफारिसबिना गाडी चढेको भेटिएपछि स्थानीय प्रहरीले जिल्ला प्रहरी कार्यालय इलाममा खबर गरेको थियो। जिल्ला प्रहरीले खटाएपछि स्थानीय चौकीका प्रहरी र स्थानीय जनप्रतिनिधि पुगी घटनाको प्रारम्भिक अनुसन्धान गरिएको थियो। त्यही बेला चन्द्राकुमारीलाई उद्धार गर्नेले घटना विवरण खुलस्त बताएको स्थानीय सुनाउँछन्।अन्नपूर्ण पोष्टबाट

TOP