जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण

फिक्कल: इलामको माई नगरपालिकाका एक सय ६० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । अपाङ्गता भएका ब्यक्ति र विपन्न ,असाहाय परिवारलाई जाडोका बितरण गरीएको हो ।
प्रवासी नेपाली र नेपाल भित्रका सहयोगीको सहयोगमा न्यानो कपडा जुटाएर वितरण गरीएको छ । माई नगरपालिका स्थायी घर भई हाल साउदी अरबमा रोजगारीमा रहनु भएका समाजसेवी नरकुमार मगर र माई–४ निवासी रञ्जित काफ्लेको समन्वयमा संकलित तीन लाख चार हजार दुई सय रुपियाँ मुल्यका एक सय ६० थान व्ल्यङ्केट खरिद गरी वडा तथा टोलमै पुगेर न्यानो कपडा बितरण गरिएको स्थानीय बिमल दाहालले जानकारी दिनु भयो ।
प्रवासमा रहनु भएका मगरले त्यहाँ स्थित नेपालीको सहयोगमा रकम संकलन गर्नु भएको थियो भने नेपाल भित्र काफ्लेले रकम संकलन गर्नु भएको थियो। न्यानो कपडा बितरण अभियानमा ६४ जना आर्थिक सहयोग गरेको र वडा अध्यक्ष सहित १७ जनाले वितरण कार्य, सहजीकरण तथा समन्वय गर्नु भएको छ । माई नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी कपडा बितरण गरीएको अभियानमा सहभागी रञ्जित काफ्ले जानकारी दिनु भयो ।

TOP