कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्न समन्वयको खाचो: आयोग उपाध्यक्ष अधिकारी

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्न समन्वयको  खाचो: आयोग उपाध्यक्ष अधिकारी

फिक्कल: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले दिगो बिकासका लक्ष्यलाई स्थानीय करण गर्नका समन्वयको खाचो रहेको बताउनु भएको छ ।
इलामको सूर्योदय नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष अधिकारीले आयोगले निर्धारण गरेका १६ वटा दिगो बिकासका लक्ष्यलाई स्थानीय करण गर्नका लागि सबै पक्ष संग समन्य हुनु पर्ने बताउनु भएको हो ।
उपाध्यक्ष प्राडा अधिकारीले संघीय सरकारले अवलम्बन गर्नेका लक्ष्यलाई आफनो आवश्यक्ता अनुसार प्रदेश र स्थानीय सरकारले स्थानीय करण गर्न सक्ने बताउनु भयो ।‘आयोगले संघीय सरकारको अवधारण अनुसार लक्ष्य निर्धारण गरे पनि प्रदेश र स्थानीय सरकारले आफु अनुकुल दिगो बिकासका लक्ष्यलाई स्थानीय करण गर्न सक्छन’ उपाध्यक्ष अधिकारीले भन्नु भयो । उहाले तीनै तहका सरकारले दिगो बिकासका लक्ष्य पुरा गर्न काम गरीरहेको जानकारी दिदै स्थानीय आवश्यक्ताका आधारमा संघीय सरकारको अवधारण अनुसार प्रदेश र प्रदेशको अवधारण अनुसार स्थानीय सरकारले स्थानीय करण गर्न सक्ने बताउनु भयो ।
उहाले स्थानीय स्तरमा सबै भेला भएर बिकासका बिषयमा चासो गर्नु नै दिगो बिकासका लक्ष्यको स्थानीयकरण भएको बताउदै स्थानीय सरकारले योजना छनौट देखि बजेट निर्माणमै स्थानीय सरोकारवालाको सहभागीता हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा स्थानीय सरोकारवालाले उपाध्यक्ष अधिकारी समक्ष बिभिन्न जिज्ञासा राख्नु भएको थियो । सूर्योदय नगरपालिकाका आर्थिक बिकास समिति संयोजक देबेन्द्र शर्माले आयोगले निर्धाण गरेका १६ वटा राष्ट्रि सूचक स्थानीय सरकार सम्म आईपुग्दा अस्पष्ट रहेको धारणा राख्नु भयो । उहाले नीतिगत अस्पष्टताका कारण स्थानीय स्तरमा कार्यान्वयनमा समस्या रहेको औंल्याउनु भयो। चिया उद्योगी गोपाल कट्टेलले दिगो बिकासका लक्ष्य पुरा गर्ने मुख्य आधार आर्थिक पाटो भएकाले नेपालकै मुख्य आम्दानीको स्रोत बनेको चिया निर्यातका समस्या सुल्झाउन सुझाव दिनु भयो ।

दिगो बिकासका लक्ष्यलाई स्थानीय करण गर्दै सूर्योदय

इलामको सूर्योदय नगरपालिका नयाँ नयाँ कामका कारण सधै चर्चामा रहने गरेको छ । आर्थक बिकास तर्फ देशकै उत्कृष्ठ भएको यस नगरपालिकाले पछिल्लो समय दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्नका लागि बिभिन्न काम गरीरहेको छ ।
दिगो बिकासका १६ वटा राष्ट्रिय सूचकलाई स्थानीयकरण गर्नका लागि नगरले सन २०३० को लक्ष्यका साथ काम गरीरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्नका लागि नगरले स्वेच्छिक पुनरावलोकन प्रतिवेदन तयार गरीएको जानकारी दिनु भयो । उहाका अनुसार दिगो बिकासका लक्ष्य मार्ग चित्र तयार गरी नगरले २०२४ देखि २०३० सम्ममा स्थानीयकरण गर्ने लक्ष्य राखेको छ । सूर्योदयले प्रथम आवधिक योजना तयार गरी कार्यान्वयनको चरणमा छ । नगरले बिशेष गुरु योजना निर्माण गरी भौतिक पूर्वाधारको काम गर्दै मध्यकालिन खर्च संरचना कार्यान्वयनमा ल्याएको छ । आर्थिक बृद्धिदर, शिक्षा, स्वास्थ्यमा आम नागरिकको पहुँच सहित लैङगिक समानताका लागि बिभिन्न काम गरीरहेको अधिकृत भट्टराईले जानकारी दिनु भयो ।
नगर प्रमुख रण बहादुर राईले एउटा पछि अर्को समस्या आइरहने भएकाले सबै प्रकारका समस्या समाधानका लागि दिगो बिकासका लक्ष्य प्राप्ति र स्थानीयकरणमा नगरपालिका जुटेको जानकारी दिनु भयो । २०३० सम्ममा दिगो बिकासका लक्ष्य प्राप्ति गर्न र स्थानीयकरण गर्न २३ अव खर्चको आवश्यक्ता पर्ने प्रक्षेपण नगरले गरेको छ ।
नगर प्रमुख राईले भौतिक संरचना निर्माण गर्दा मात्र लक्ष्य प्राप्ति गर्न नसकिने भएकाले नगरले सामाजिक बिकासमा जोड दिएको जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘भौतिक पूर्वाधारलाई मात्र बिकास सोच्नु भएन अव हामीले सामाजिक क्षेत्र सहित चौर्तर्फी बिकास गर्नु पर्छ ।’
आयोगका उपाध्यक्ष अधिकारीको उपस्थितिमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रका सरोकारवालाले दिगो बिकासका लक्ष्य प्राप्ति र स्थानीयकरणका बिषयमा आफनो धारणा राख्नु भएको थियो ।

 

 

TOP