जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

माइजोगमाई गाउँपालिकाद्वारा नयाँबजारका पसल अनुगमन गरी अखाद्य बस्तु नष्ट

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
माइजोगमाई गाउँपालिकाद्वारा नयाँबजारका पसल अनुगमन गरी अखाद्य बस्तु नष्ट

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकाले पालिकाको मुख्य बजारको रुपमा रहेको नयाँबजारका पसलको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईको संयोजकत्वमा गठित समितिले गाउँपालिकाको केन्द्र नयाँबजारका पसलमा अनुगमन गरेको हो ।
अनुगमन समिति संयोजक राई सहित गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , इलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी इन्चार्ज सहित गाउँपालिकाका कर्मचारीस्वस्थ्य कर्मी ,नयाँबजार बजार ब्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधि लगायतको टोलिले बजारका खाद्यान्न पसल र होटल गरी ४३ वटा पसलको अनुगमन गरेको समिति संयोजक राईले जानकारी दिनु भयो ।
।अनुगमनका. क्रममा केहि पसलको वडामा दर्ता नगरिएको भेटिएको थियो , केहि पसलमा मात्र मुल्य सुची राखिएको र बाकी पसलमा मुल्य सुची समेत नराखिएको पाइएको छ । केहि पसलमा म्याद गुज्रीएका सामान फेला पारेको छ । म्याद गुज्रिएको सामानलाई अनुगमन टोलिले संकलन गरी मंगलरबारनै डिस्पोज गरेको छ । आगमी दिनमा खाध्यन्न सामग्रीहरु बिक्री बितरणको लागि पसलमा राख्दा म्याद रहेका सामाग्री मात्र राख्ने र पसलमा मुल्य सुची राख्नको लागि समेत सल्लाह सुझाव समेत दिइएको छ ।
गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजारको अनुगमन गरेको हो । गाउँपालिकाले अन्य पसलको आगमी दिनमा गर्ने जनाएको छ ।

बरामद भएको सामग्री नष्ट गर्दै गाउँपालिका टिम

TOP