जीवनशैली सूर्योदयको मुहार फेरेका रणबहादुर राई : जिल्लाको मुहार फेर्न संसद बन्ने दौडमा जीवनशैली फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न
Hamropalika menu advertisement

इलामको सूर्योदयमा जिल्लामै पहिलो पटक अनलाईनबाट नागरिकताको सिफारिस

  • प्रकाशित मितिः March 3, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयमा जिल्लामै पहिलो पटक अनलाईनबाट नागरिकताको सिफारिस

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले जिल्लामै पहिलो पटक अनलाईनबाट नागरिकताको सिफारिस शुरु गरेको छ । सूर्योदय नगरपालिका वडा नं. २ को पशुपतिनगरमा मंगलबार आयोजित एक कार्यक्रमका बिच अनलाईनबाट नागरिकताको सिफारिस गर्ने कार्यको शुभारम्भ गरीएको हो ।
अव नगरका १४ वटै वडाले अनलाईन प्रणालीबाट नागरिक्ता सिफारिस गरीने नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । वडा नं. २ का अध्यक्ष डिक बम्जनले अनलाईन प्रणाली शुरु भैसक्दा स्थानीय सुसन राईलाई नागरिक्ता दिन सिफारिस गर्नु भएकोमा मंगलबार नै सीमा प्रशासन कार्यालय पशुपतिनगरले अनलाईन बिवरणका आधारमा राईलाई नागरिक्ता दिएको छ ।
सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेलले अनलाईन प्रणालीबाट नागरिक्ता सिफारिस हुँन थालेपछि गलत नागरिक्ता सिफारिस रोकीने, बिवरणमा फरक नपर्ने , काम छिटो हुने ,टाइप गरीरहनु नपर्ने र अभिलेख ब्यवस्थापनमा सजिलो हुने जानकारी दिनु भयो । कार्यालय प्रमुख पोख्रेलले भन्नु भयो‘अव दिनमा जति नागरिकताको सिफारिस आए पनि हामी एकै दिनमा नागरिकता उपलब्ध गराउन सक्छौ’। उहाले अव एउटा नागरिकता दिन जम्मा ५ मिनेट मात्र समय लाग्ने जानकारी दिनु भयो ।
वडा कार्यालयले नागरिकताको सिफारिस पठाउदा गृह मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन कार्यालय र सीमा प्रशासन कार्यालयले चलाउने अनलाईन सिस्टम सिआइएनएसमा प्रवेश गरेर पठाउने ब्यवस्था मिलाइएको छ । उक्त सिफारिस सिआइएनएसमा देखाए पछि नागरिकता दिने प्रक्रिया शुरु गरीने प्रमुख पोखरेलले जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिका वडा नं. २ का वडाध्यक्ष डिक बम्जनले उक्त प्रणाली शुरु भएपछि स्थानयिले नागरिकता लिनका लागि खर्चनु पर्ने समयको बचत हुने जानकारी दिनु भयो । इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठका अनुसार जिल्लाका अन्य पालिकामा समेत उक्त प्रणाली संचालन गरीने छ । ‘कात्तिक महिना भित्रमा जिल्लाका सबै पालिकामा यो सेवा संचालन भैसक्ने छ’ प्रजिअ श्रेष्ठले भन्नु भयो ।
जिल्ला प्रशासन कार्यालयले सूर्योदय र माइृजोगमाई गाउँपालिकाका वडाध्यक्ष, वडा सचिव र सूचना प्रविधि अधिकृतलाई उक्त सेवा सम्वन्धि तालिम दिएको छ । गृह मन्त्रालयका कम्प्युटर अधिकृत सुदर्शन न्यौपाने र कम्प्युटर अपरेटर राजकुमार चौधरीले तालिम दिनु भई सिआइएनएस सिस्टमको युजरनेम र पासवर्ड समेत उपलब्ध गराउनु भएको छ ।
माईजोगमाई गाउँपालिकामा तत्काल उक्त सेवा शुरु गर्ने गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । इलाम नगरपालिकामा समेत तालिम संचालन गरीएको छ । इलाम नगरले पनि उक्त सेवा शुरु गरेको छ । सन्दकपुर गाउँपालिकाले समेत उक्त प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने भएको छ । अन्य पालिकामा तालिम पश्चात सेवा शुरु गरीने छ ।

TOP