जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमन गर्दा ७८ हजार बढीको अखाद्य सामग्री बरामद

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
फिक्कल बजार अनुगमन गर्दा ७८ हजार बढीको अखाद्य सामग्री बरामद

फिक्कल: अखाद्य बस्तुको बिक्री बितरण हुने गरेको गुनासो बढेपछि सूर्योदय नगरपालिकामा बजार आनुगमनलाई तिब्रता दिइएको छ । नगर उप प्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा गठित उपभोक्ता हकहित संरक्षण समितिले नगरको मुख्य बजार फिक्कलमा अनुगमनलाई तिब्रता दिएको हो ।
आईतबार र सोमबार फिक्कल बजार अनुगमन गर्दा केही थोक पसल र डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएका सामग्री फेला परेको पाइएको छ । बजार अनुगमन समितिका संयोजक नविन ढकालले संचालनमा आएका नयाँ पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेको जानकारी दिनु भयो ।
अनुगमनका क्रममा विभिन्न ब्राण्डका चकलेट, चनाको सातु , कोक, फेन्टा , जुस , कुरकुरे , लभ क्यान्डी , गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट ,ढाकी पापड आदि फेला पारी बरामद गरीएको छ । दुई दिनमा फिक्कलका २२ वटा पसलको अनुगमन गर्दा १२ वटा पसलबाट ७८ हजार ४९२ रुपियाँ बराबरको अखाद्य बस्तु बरामद भएको छ । नगरले चाडबाडको समय भरी नै बजार अनुगमन गर्ने जनाएको छ । बरामद भएको सामग्री मुचुल्का उठाएर डिस्पोज गर्ने संयोजक ढकालले जानकारी दिनु भयो ।अनुगमन टोलीले म्याद गुज्रिएका बस्तु अलग गरेर राख्न, दर्ता नविकरण चुस्तदुरुस्त राख्न समेत अनुगमन गरीएका पसललाई निर्देशन दिएको छ ।

 

TOP