जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सूर्योदयमा बजार अनुगमन शुरु

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
सूर्योदयमा बजार अनुगमन शुरु

बिक्रम सुन्दाश,फिक्कल:

सूर्योदय नगरपालिकाको बजार आनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ । नगरले मुख्य बजार फिक्कलबाट अनुगमन थालेको हो ।
फिक्कल बजारमा अनुगमनका क्रममा केही थोक पसल र डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएका सामग्रीहरु फेला परेको छ विगतका अनुगमनले गर्दा यस वर्ष भने धेरै सुधार आएको पाइएको सूर्योदय नगर बजार अनुगमन समितिका अधिकृत नविन ढकालले जान्कारी दिनुभयो । उहाँले केही नयाँ पसल संचालनमा आएकाले १० दिनको म्याद दिएर दर्ता गर्न सुझाव दिएको बताउनु भयो । अनुगमनका क्रममा म्याद गुज्रिएको अखाद्यय वस्तु ,विभिन्न ब्राण्डका चकलेट, चनाको सातु , कोक, फेन्टा , जुस , कुरकुरे , लभ क्यान्डी , गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट ,ढाकी पापड आदि रहेका छन ।
अनुगमनमा सीमा प्रसासन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेल , नगर पलिकाका कर्मचारी पुर्णबहादुर राई, सूर्योदय उद्योग वाणिज्य संघ महासचिव तोयानाथ भट्टराई , फिक्कल प्रहरी चौकीका पुष्पलाल भट्टराई,रमेश कुमार माझी ,नगर प्रहरी ,सञ्चारकर्मी लगायतको टोलीले व्यवसायीलाई सचेत गराएका छन । नगरले उपभोक्ताको स्वास्थ्यमा अहित हुने वस्तु साथै चाडवाडमा कालोबजारी हुुनसक्ने कुरालाई मध्यनजर गरि बजारमा अखाध्य र म्याद गुज्रिएका सामग्री पाइने भएकाले बजार अनुगमन गरिएको जनाइएको छ ।

TOP