जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई

फिक्कल:  बिश्व वातावरण दिवस २०२४ को अवसरमा फिक्कल बजार क्षेत्रमा सरसफाई गरीएको छ । दिवसको अवसरमा सूर्योदय नगरपालिकाको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखाको आयोजना तथा बिभिन्न संघ संस्थाको सहकार्यमा सरसफाई गरीएको हो ।
फिक्कल बजारको गुम्बा पार्कबाट शुरु भएको सरसफाई कार्यक्रम फिक्कल बजारका चोकचोकमा गरीएको थियो ।

सरफाई कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी सहित फिक्कल प्रहरी चौकी , शसस्त्र प्रहरीको आईतबारे बेस क्याम्प, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्य सहकारी संस्था, फिक्कल युनाईटेड क्लब, सूर्योदय होटल ब्यवसायी संघ , फिक्कल जेसीज लगायतका संघ संस्थाले कार्यक्रममा सहकार्य गरेको नगरपालिकाको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिनु भयो ।


यस्तै बिश्व वातावरण दिवस २०२४ को अवसरमा नगरमा जलबायु परिवर्तन तथा वातावरण संरक्षण बिषयमा छलफल गरीएको छ । कार्यक्रममा झापाको मेची क्याम्पस झापाका वातावरण जिव बिज्ञान संकायका बिद्यार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए ।बिद्यार्थी दिपा खतिवडा, मुकेश कठेत, दिनेश भट्टराई लगायतले वातावरण संरक्षणको अभावमा जिवजन्तु , बनस्पतीमा असर पर्दा जलवायु परिवर्तनको असर देखिएको औल्याएका थिए । सोही कार्यक्रममा जलबायु परिवर्तन र वातावरण शिक्षकमा वालवाईड कन्जरभेसनमा काम गर्दै आउनु भएकी दिपा राईले प्रस्तुतीकरण राख्नु भएको थियो ।कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले वातावरण संरक्षण गर्न प्रत्येक नागरिक सचेत बन्नु पर्ने बताउनु भयो ।
बिश्व वातावरण दिवस २०२४ को अवसरमा सूर्योदय ३ को बुद्धपार्कमा सूर्योदय जेसीजले बिक्षारोपण गरेको छ । सूर्योदय जेसीजका अध्यक्ष अविषेक पौडेलले बिभिन्न प्रजातीका बिरुवा रोपीएको जानकारी दिनु भयो ।

नगरको बन वातावरण तथा बिपद ब्यवस्थापना शाखाका संयोजक राजकुमार लिम्बुका अनुसार नगरमा बर्सेनी ५० हजार बिरुवा रोपीदै आएको छ ।

 

 

 

TOP