कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

महिला दिवसमा इलाममा बिभिन्न कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
महिला दिवसमा इलाममा बिभिन्न कार्यक्रम सम्पन्न

सृजना श्रेष्ठ, इलाम: 

११४ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा इलाममा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । इलाममा पनि महिलाको वर्तमान अवस्था , अवसर र चुनौती विषयक एक दिने अन्तरक्रिया कार्यक्रम गरि मनाइएको हो ।महिला उद्यम संघ इलामको आयोजना तथा इलाम नगरपालिका वडा नम्बर ७ को सहयोगमा सम्पन्न भएको छ । उक्त कार्यक्रम महिला उद्यमी संघ इलामका अध्यक्ष रोमी पौडेल कोइरालाको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश सभा सदस्य यसोदा कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा तथा विशेष अतिथी वडा नम्बर ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ रहनु भएको उक्त कार्यक्रम विभिन्न उद्यमी महिलाको उपस्थिती रहेको थियो।
कार्यक्रममा महिला उद्यमीले आफना समस्या गुनासा राख्नु भएको थियो ।लामो समय देखि इलामेली ललिपप उद्योग सचालन गर्दै आउनु भएकी सुस्मा राइले अस्वस्थ प्रतिस्पर्धाले गर्दा बजार मुल्य नपाइृने जस्ता समस्याले उद्योग संचालनमा समस्या रहेको बताउनु भयो ।
त्यस्तै मा पाथीभरा अकबरे खोर्सानी उद्योगकी संचालिका सीता भट्टराईले अचार हाल्न प्रयोग गरिने बोतल गुणस्तहिन हुँदासमस्यामा परेको बताउनु भयो । चिया कमानमा अस्थायी रुममा काम गरिरहनु भएकी धनमाया काफ्लेले विगत २ महिना देखि कुनै काम गर्न नपाएको गुनासो पोख्नु भयो ।
श्रमिक महिलालाई राज्यले प्राथमिकतामा नराख्दा थुप्रै चुनौतिको सामना गर्नु परेको वडा नम्बर ७ की तुलशादेवि भट्टराईले बताउनु भयो । राज्यको तिनै तहमा महिलाका लागि विभिन्न कार्यक्रम रहेको र वडा नं. ७ ले पनि महिलालाई सीप मुलक तालिम साथै रोजगार बन्नका लागि सहयोग गरिरहेको वडाध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो ।श्रमिक महिला र पुरुषमा आज सम्म पनि विभेद रहेको र महिलाको समान अवसरका लागि आफु सधै लागिरहेको कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थले बताउनु भयो । उहाले राज्यले नै बढी दायित्व लिन सके मात्र महिला अगाडी बढने बताउनु भयो ।

TOP