सूर्योदय जेसिज बर्ष २०२४ को नयाँ नेतृत्व चयन, अध्यक्षमा पौडेल – Hamropalika
प्रदेश दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा बलराम बराइली अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव जीवनशैली सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर पालिका विशेष सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर अर्थ वाणिज्य सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई
Hamropalika menu advertisement

सूर्योदय जेसिज बर्ष २०२४ को नयाँ नेतृत्व चयन, अध्यक्षमा पौडेल

  • प्रकाशित मितिः May 19, 2024
  • hamro_palika

फिक्कलः सूर्योदय जेसिज बर्ष २०२४ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । अभिषेक पौड्यालको अध्यक्षतामा निर्बाचित समितिको कार्यकारी उपाध्यक्षमा नविन आचार्य र टासि लामा रहेका छन् भने उपाध्यक्षहरुमा उर्गेन बम्जन,मनोज अधिकारी,पंकज प्रधान र बिशाल गुरुङ निर्बाचित भएका छन् । महासचिवमा कविन सापकोटा तथा कार्यक्रम संयोजक एबु श्रेष्ठ चयन भए । १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था जेसीजप्रति यहाँका युवा आकर्षित भएका छन् । जिल्लाको सूर्योदय नगरपालिकाका सकृय युवाहरुको पहलमा सन २०२० बाट यस संस्थाको शाखा सूर्योदयमा विस्तार गर्ने प्रयास शुरु गरिएको थियो । सन २०२० मा सम्भावित जेसिज सूर्योदय,२०२१ मा प्रस्तावित जेसिज सूर्योदय हुँदै २०२२ मा पहिलो कार्यकालका लागी प्रतिक प्रधानको अध्यक्षतामा समिति गठन गरिएको थियो । एक बर्ष एक कार्यकाल रहने यस संस्थाको प्रावधान बमोजिम गत बर्ष प्रज्वल प्रधानको अध्यक्षतामा कार्यसमिति बनेको थियोे । यस बर्ष आईतबार सूर्योदय नगरपालिकाको सभहलमा आयोजित भब्य कार्यक्रमका बिच सूर्योदय जसिज बर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित समितिको आईतबार सूर्योदय नगरपालिकाको सभाहलमा पदस्थापना गरिएको छ । जेसिजका कार्यक्रम संयोजक शृजन गदाल रहेको कार्यक्रमको अध्यक्षता अध्यक्ष प्रज्वल प्रधान रहेका थिए ।

कार्यक्रममा सूर्योदय नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख राईले युवाशक्ति एक हुन जरुरी भएको बताउनुभयो । दक्ष जनशक्ति तयार भएमात्र सम्भावनाको खोज गरेर प्रतिफल प्राप्त गर्न सकिने भन्दै उहाँले युवालाई नेतृत्व क्षमतामा विकास गराउन जेसिजले पहल गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाको सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा २०२२ को बोर्ड पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विर्ता जेसिज,भद्रपुर जेसिज, बुधबारे जेसिज लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विर्ता जेसिजको मातृत्वमा सूर्योदय नगरपालिकाका युवाहरुले सन् २०२२ मा प्रतिक प्रधानको नेतृत्वमा जेसिज स्थापना गरेका थिए ।

 

जेसीज भनेको के होरु
जेसीज भनेको के हो रु यो प्रश्नको जवाफ दिन जेसीजका पुराना सदस्यहरुलाई खास कठिन हुँदैन तर नयाँ सदस्यहरु जेसीजको सदस्यता नलिएका समाजका विभिन्न क्षेत्रका मानिसहरुमा जेसीजको अवधारणाको सम्बन्धमा अन्यौल रहेको पाईन्छ । कहिले काँही जेसीजका कार्यक्रमहरुमा प्रमुख अतिथिको रुपमा पाल्नु हुने समाजका विशिष्ट व्यक्तित्वहरुले र जेसीजका व्यक्तित्वहरुले पनि जेसीजलाई सामाजिक संस्थाको रुपमा लिएको पाईन्छ । वास्तवमा जेसीज सामाजिक संस्था हो वा होइन भन्ने प्रश्न उठ्छ र होइन भने के हो रु अन्य अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था र जेसीजमा के फरक छ रु यस्ता प्रश्नहरु निरन्तर रुपम उठ्दै आएको छ । यी सवालहरु अति महत्वका छन किन भने जवसम्म हामी यो संस्थाको परिचय वा अवधारणाको सम्बन्धमा स्पष्ट हुँदैनौ तब सम्म यस संस्थामा लागेको कुनै अर्थ हुदैन । कारण अवधारणा नबुझिकन यस संस्था भित्र हामी हाम्रो व्यवहार सुनिश्चित गर्न सक्दैनौं । मार्गनिर्देशन लिन सक्दैनौं । संस्थाको सम्पूर्ण क्रियाकलापलाई संस्थाको मूल उद्देश्यले डो¥याउने गर्दछ ।

जेसीज भनेको के हो रु भन्ने प्रश्नको उत्तर संक्षेपमा जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो भन्न सकिन्छ अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन । यो संस्थाको केन्द्र विन्दु व्यक्ति – मानिस० हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ छर उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ । जेसीजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ । आज सम्म विश्व समुदायले जे जस्तो विकास गरेको छ ति सवै मानिसकै देन हुन । यस पृथ्वीको सवै भन्दा उत्कृष्ट प्राणी भनौ वा सबै भन्दा बहुमुल्य सम्पत्ति भनौ त्यो् कुनै हो भने केवल मानिस हो । अरु कोही हैन । यस प्रकार जेसीजले समाजको निमित्त सक्षम एवं असल व्यक्तित्वको निमार्ण गरी अप्रत्यक्ष रुपले समाजको विकास गर्दछ । साधन श्रोतको क्षेत्रमा जति सुकै सम्बृद्ध भए पनि त्यसको परिचालन गर्ने सक्षम व्यक्तित्वको नेतृत्व भएन भने परिक्षाम नकारात्मक ने आउँछ ।

नेतृत्व शब्दको उच्चारण सुन्नासाथ प्रायः हाम्रो समाजमा त्यसको अर्थ राजनितिसँग जोदिन पुग्दछ । हामी सबैले आफनो जीवनको दिनचर्यामा महशुस गरेका छौ नेता भनेको राजनितिमा लाग्ने व्यक्ति हो यो कुरा जताततै देख्न र सुन्न पाईन्छ तर जेसीजले नेतृत्वको विकास गराउने भनेको राजनैतिक नेताको उत्पादन गर्नु मात्र हैन वास्तवमा संसारका प्रत्येक व्यक्तिले कुनै न कुनै रुपमा कहिं न कहिं नेतृत्व गरिनै रहेको हुन्छ । तर उनीहरुले त्यो महशुस गरेका हुँदैनन् । त्यसैले होला उनीहरुको नेतृत्वमा प्रभावकारिता हुँदैन र अपेक्षित सफलता समेत प्राप्त गर्न सकेका हुँदैन । क्याम्पस प्रमुख, कार्यालय प्रमुख, शाखा प्रबन्धक, महा प्रबन्धक, शिक्षक, प्रशासक, अभिभावक, पसलको प्रोपाईटर, अध्यक्ष, सचिव, कोषाध्यक्ष, विभागीय प्रमुख यी सबै नेतृत्वका स्वरुप हुन् । यस स्वरुप भन्दा बाहिर सायद नै कुनै मानिस पर्दछ । यदि कोही परिहाले पनि आफुले आफ्नो भविष्यको वा आफूलाई नेतृत्व गरिरहेको हुन्छ । यसरी नेतृत्व गर्दा त्यसमा प्रभावकारिता ल्याउन भनौ वा लक्ष प्राप्त गर्न वा सफल हुन भनौ त्यसका लागि मानिस भित्र सहि आधारभूत क्षमताको आवश्यकता पर्दछ । जस्तै प्रभावकारी निर्णय गर्ने क्षमता, लक्ष्य सुनिश्चित गरी सो प्राप्त गर्न रणनीति बनाउने क्षमता प्रजातान्त्रिक एवं प्रभावकारी रुपमा बैठक संचालन गर्ने वा बैठकमा प्रस्तुत हुने क्षमता प्रभावकारी भाषण गर्ने क्षमता, प्रभावकारी लेखन क्षमता, उत्प्रेरणा गर्ने क्षमता, संगठन क्षमता, प्रभावकारी जनसम्पर्क आदि क्षमताहरुको आवश्यकता पर्दछ । यस्ता सम्पूर्ण विषयहरुको सम्बन्धमा जेसीजमा प्रशिक्षण उपलब्ध गराईन्छ । प्रशिक्षण मार्फत सिकेका ज्ञान र सीप व्यवहारिक रुपमा प्रयोग गर्न जेसीज भित्र विभिन्न अवसरहरु उपलब्ध गराईन्छ जुन अन्य संस्थामा हुँदैन । यस अर्थमा जेसीजलाई ीभबचलष्लन द्यथ म्यष्लन को प्रकृया वाट संचालित अनौपचारिक विद्यालय पनि भन्न सकिन्छ अर्थात जेसीज १८ देखि ४० बर्षका युवाको विश्वव्यापी विश्वविद्यालय हो जहाँ गरेर सिक्ने प्रकृयाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराईन्छ । यस अर्थमा जेसीजको आफ्नो छुट्टै पहिचान छ । यस्तो पहिचान भएको अन्य कुनै संस्था छैन। अतः यसलाई अन्य कुनै संस्था संग तुलना गर्न वा दाज्न सकिंदैन । यो संस्थाको आफैमा एउटा विशिष्ट पहिचान छ । औपचारिक विश्वविद्यालयहरुमा प्राप्त गर्न नसकिने कतिपय ज्ञान जेसीजमा प्राप्त गर्न सकिन्छ । जसबाट यसका सदस्यहरु लाभान्वित भई आफनो पेशा व्यवसायलाई राम्रो ढंगले संचालन गरी सफलता प्राप्त गर्न सक्दछन । यसका साथ साथै यसले आफनो सदस्यहरुलाई आफू बस्ने समाज प्रतिको दायित्व बोध गराई विश्वको विकासमा सहभागी गराउँछ त्जष्लप न्यिदबििथ, बत ीयअबििथ भन्दछ । विश्वका प्रत्येक व्यक्तिले आफनो दायित्व अनुरुप आफू बस्ने समाजमै कार्य गरेर पनि विश्व विकासमा योगदान दिन सक्दछ । यस संस्था मार्फत विश्व स्तरमा नै बन्धुत्व सम्बन्ध स्थापित गर्न सुनौलो अवसर पनि प्राप्त छ ।

माथिको विवेचनाबाट यो महान् संस्थाको स्थापना तथा विकास के कसरी भएको हो भन्ने सम्बन्धमा यसको ऐतिहासिक पृष्ठभूमि जान्ने खुल्दुली हुनु स्वाभाविक नै हो । जेसीजको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दा आज भन्दा ९३ वर्ष पहिले सन् १९१० को घटनालाई बिर्सिन सकिदैन । आज भन्दा ९३ वर्ष पहिले संयूक्त राज्य अमेरिकाको मिसौरी राज्यमा पर्ने सेन्ट लुइस भन्ने शहरको परम्परागत सांस्कृतिक नृत्य लोप हुने अवस्थामा पुगेको थियो । यस कुराले हेनरी गिसनवियर भन्ने एक जना यूवकलाई चिन्तित तुल्याएको थियो । त्यस यूवकले केही गर्नु पर्छ भन्ने दृढ निश्चय गरी सन् १९१० मा आफ्नो साथीहरुसंग मिली परम्परागत नृत्यशैलीलाई बचाउने उद्देश्य लिई ज्भचअगबिलभयगक मबलअभ ऋगिद भन्ने संस्थाको स्थापना गरे र दत्तचित्त भई त्यसमा लागि परे ।

५ बर्ष पछि अर्थात सन् १९१५ सेन्टलुइसका ज्।ल्। ःयचनबल भन्ने एकजना प्रतिष्ठित व्यक्तिले ज्भचअगबिलभयगक मबलअभ ऋगिद का सदस्यहरुलाई मानिससंग प्रत्यक्ष सम्बन्ध राख्ने सवालहरुमा लाग्न तथा काम गर्न प्रेरित गरे । फलस्वरुपः सन् १९१५ अक्टोबर १३ का दिन गिसेनवियर र अन्य २२ जना युवाहरु मिलि थ्यगलन ःभल’क एचयनचभककष्खभ ऋष्खष्अ ब्ककयअष्बतष्यल ९ थ्ःएऋब्० भन्ने संस्थाको स्थापना गरे । यसरी सन् १९१५ अक्टोबर १३ का दिनलाई विधिवत जेसीज संस्थाको स्थापना दिवसको रुपमा लिईएको छ । यसको स्थापनाको ५ महिना भन्दा कम समयमा यस संस्थाको सदस्य संख्या ७५० पुग्यो । यसको लगत्तै अर्को वर्ष सने १९१६ मा यस संस्थाको नाम परिवर्तन भयो अर्थात थ्ःएऋब् बाट व्गलष्यच ऋष्तष्शभलक भन्ने नाम राखियो । युवाको माथी संस्था भएर यसको नाम व्गलष्यच ऋष्तष्शभलक राखिएको हुन सक्दछ । जेसीज भन्ने शब्दको उत्पत्ति पनि यसै नाम बाट भएको हो व्गलष्यच ऋष्तष्शभलक लाई छोटकरीमा वा संक्षेपमा भन्नु पर्दा व्अक भनियो कालान्तरमा व्अक को उच्चारण गर्दा व्बथअभभक भएर रहन गएको हो । फेरी सने १९१८ मा यस संस्थाको नाम सेन्टलुइस चेम्बर अफ कमर्शसंग विधिवत सम्बन्धन प्राप्त ग¥यो र यसको नाम सेन्टलुइस जुनियर चेम्बर अफ कर्मश राखियो । तर यसको छोटो नाममा कुनै खास परिवर्तन भएन अर्थात छोटकरीमा नामको रुपमा व्अक नै भएर आयो ।

प्रथम विश्व युद्ध पश्चात हेनरी गिसनवियरले अमेरिकाका अन्य शहरहरुको युवा व्यापारी समुदायसंग सम्पर्क स्थापीत गरी अमेरिकामा राष्ट्रव्यापी यस संस्थाको पहिलो राष्ट्रिय अध्यक्षको रुपमा हेनरी गिसनवियर निर्वाचित भए सन् १९२३ मा ध्ष्ललष्उभन द्ययबचम या त्चबमभ’क को रुपमा पहिलो पटक अमेरिका बाहिर तथा विदेशमा यस संस्थाको स्थापना भयो सन् १९२८ सम्ममा यस संस्थाको अवधारणा इग्लैण्ड तिर पनि फैलियो पुग्यो ।

सन् १९४० मा अमेरिकाका जुनियर चेम्बरले मध्य र दक्षिण अमेरिकामा पनि यस संस्थाको विस्तार गर्ने प्रस्ताव पारित गरे । फलस्वरुप सन १९४३ मा ःभहष्अय ऋष्तथ, न्गबतझबबि, भ् िक्बखिबमयच, ज्यलमगचबक, ल्ष्अबचबनगब, ऋयकतब च्ष्अब र एबलबmब ऋष्तथ मा यस संस्थाको स्थापना भयो । सन १९४४ मा ःभहष्अय ऋष्तथ मा पहिलो अन्र्तराष्ट्रिय सम्मेलन भयो सो सम्मेलनमा ःभहष्अय निवासी च्बग िन्बचबअष्ब ख्ष्मब िपहिलो अन्र्तराष्ट्रिय अध्यक्षको रुपमा निर्वाचित भए । यस प्रकार जेसीज अन्र्तराष्ट्रियको संस्थापक राष्ट्रहरुमा कोष्टारिका, एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरस, मेक्सिको, निकारागुवा, पानामा र संयुक्त राज्य अमेरिकालाई लिईन्छ । सन १९४६ मा यस संस्थाको पहिलो विश्व सम्मेलन पानामा सिटीमा भयो । यस सम्मेलनमा विश्वका १६ वटा राष्ट्रहरुबाट ४४ जना प्रतिनिधिहरुले भाग लिएका थिए । यस सम्मेलनमा अष्ट्रेलिया तथा क्यानाडालाई विधिवत यस संस्थाको सदस्यता प्रदान गरियो । सन १९४८ मा च्ष्य मभ व्बलभष्चय मा सम्पन्न भएको चौथो ध्यचमि ऋयलनचभकक मा यस संस्थामा आस्थालाई अंगिकार गरियो । सो आस्थाका लेखक ऋ। ध्ष्ििष्गयm द्यचयधलाष्भमि भन्ने व्यक्ति हुनुहुन्छ । सन १९५२ मा यस संस्थाको स्थायी सचिवालय संयूक्त राज्य अमेरिकामा स्थापना गरियो। सन १९७२ मा यस संस्थाको नाम जुनियर चेम्बर अन्र्तराष्ट्रिय जेसीज अन्र्तराष्ट्रियमा परिवर्तन गरियो तर पुन १९८८ मा यस संस्थाको नाम जुनियर चेम्बर अन्र्तराष्ट्रिय ९ व्ऋक्ष् ० राखियो ।

हाल विश्वमा १०६ वटा राष्ट्र भन्दा वढि राष्ट्रमा यो संस्था क्रियाशिल छ । तर अन्य राष्ट्रहरुमा स्थापना हुने क्रममा छ । विश्वलाई ४ क्षेत्रमा विभाजीत गरिएको छ । क्षेत्र ब् मा अफ्रिकाका राष्ट्रहरु पर्दछन, क्षेत्र द्य मा एशिया, अष्ट्रेलिया र प्यासिफिकका राष्ट्रहरु पर्दछन, नेपाल पनि यसै क्षेत्रमा पर्दछ । क्षेत्र ऋ मा उत्तरी अमेरिकी राष्ट्रहरु, दक्षिणी अमेरिकी र मध्य अमेरिकी राष्ट्रहरु पर्दछन । क्षेत्र म् मा युरोपका राष्ट्रहरु पर्दछन ।

जेसीज अन्र्तराष्ट्रियमा नेपाल जेसीजवाट हाल सम्म १२ जना व्यक्तिहरु अन्र्तराष्ट्रिय उपाध्यक्षको रुपमा निर्वाचित भईसक्नु भएको छ भने सन् १९९७ हवाईमा भएको विश्व सम्मेलनमा पहिलो पटक नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर सन्तोष रिजाल व्ऋक्ष् को कार्यकारिणी उपाध्यक्ष को रुपमा निर्वाचित हुनु भएकोमा नेपाल जेसीजले गौरवको अनुभूति गरेको छ । नेपालमा नेपाल जेसीजको स्थापना कसरी भयो भन्ने सम्बन्धमा पनि जान्न आवश्यक छ । भारतको उत्तर प्रदेश राज्यमा गोरखपुर जेसीजका मित्रहरुले नेपाल जेसीज स्थापना गर्ने उद्देश्यले नेपालका युवाहरु संग सम्र्पक गरी सन् १९६४ मा डा। भेष बहादुर थापाको नेतृत्वमा नेपाल जुनियर चेम्बरको नामबाट यस संस्थाको स्थापना गरे । श्री ५ युवराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारका बरवाहुलीबाट वि।सं। २०२१ साल आश्विन २ गते विहिवार तद्अनुसार १९६४ सेप्टेम्वर १७ तारिखका दिन काठमाण्डौंमा एक भव्य समारोहका बिच हर्ष एवं उल्लासमय वातावरणमा नेपाल जेसीजको समुद्घाटन गरिवक्सी असिम निगाहपूर्वक नेपाल जेसीजको प्रमुख संरक्षक ग्रहण गरिवक्सेको थियो । सन् १९६४ मा नेपाल जेसीजको स्थापना भए पनि जेसीज अन्र्तराष्ट्रियको विधिवत सदस्यता सन् १९७० मा प्राप्त गरेको थियो त्यस वर्ष नेपाल जेसीजको अध्यक्ष सिनेटर अम्बिका श्रेष्ठ हुनुहुन्थ्यो । हाल नेपालको मेचि देखि महाकाली सम्म यसका ८७ वटा शाखाहरु रहेका छन । नेपाल जेसीजको मुख्य कार्यालय काठमाडौं थापाथलीमा अवस्थित छ । यसको आफनै भवन तथा जग्गा छ । नेपाल जेसीजको प्रथम राष्ट्रिय महाधिवेशन सन् १९७४ मा काठमाडौंमा भएको थियो त्यस अधिवेशनको निर्देशक सिनेटर बालाप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो ।

जेसीजको दर्शन अनुसार एउटा व्यक्ति अध्यक्ष पदमा केवल एकपटक मात्र वस्न पाउँछ । यसको मूल उद्देश्य सबैलाई नेतृत्व गर्ने अवसर दिनु रहेको छ ।

महान् उद्देश्य लिएको यस महान् संस्थाको सदस्यता लिन धर्म, जात, लिंग

आदिकुनैबाधा अवरोध छैन । यसको सदस्यता प्राप्त गर्न एकमात्र पूर्व शर्त राखिएको छ । त्यो

हो उमेरको हद १८ वर्ष ४० वर्षसम्मको उमेरको कुनै पनि व्यक्तिले यसको सदस्यता प्राप्त गर्न

सक्दछ । यसको कुनै पनि शाखाको सदस्यता लिने व्यक्तिले व्ऋक्ष् को सदस्यको मान्यता प्राप्त

गर्दछ । आज वर्तमान परिप्रक्ष्यमा यसको अत्याधिक महत्व छ । युवाहरुलाई उपलब्ध गराई

उनीहरुको अन्र्तनिहित प्रतिभाको प्रष्फुटन गराई सकारात्मक परिवर्तन गरी सक्षम एवं योग्य

नागरिक बनाउने अभियानको नाम जेसीज हो ।

 

TOP