जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलाम गोल्डकप:एनआरटी फाइनल प्रवेश

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
इलाम गोल्डकप:एनआरटी फाइनल प्रवेश

इलाम : न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ ।आज (बुधबार) ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । एनआरटीले अब उपाधिका लागि विहीबार हुने पाँचथर फुटबल क्लब र बिर्तामोड युनाइटेड क्लब झापाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

खेलको म्यान अफ द म्याच विजेता एनआरटीका गोलकिपर थेभ्स प्रिसो घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार पाउनेछन् । गोल्डकपको फाइनल माघ १३ गते हुनेछ ।

TOP