जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलाम गोल्डकपको खेल तालिका सार्वजनिक

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
इलाम गोल्डकपको खेल तालिका सार्वजनिक

इलाम :  आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएसँगै खेलतालिका सार्वजनिक गरिएको छ ।

आयोजक रेड हर्ष फुटबल क्लबले ठूलो टुँडिखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम ९एनआरटी० काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।

प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने जनाइएको छ। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । अनलाईन रेडियो नेपाल

TOP