कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पर्यटनको आर्कषण केन्द्र बन्दै इलामको पानीटार

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
पर्यटनको आर्कषण केन्द्र बन्दै इलामको पानीटार

इलाम : थुम्का थुम्कामा मौलाएको चियाबगानले भरिएको पानीटारको पर्यटकीय गतिविधि बढ्दै गएको छ । देउमाई नगरपालिकामा रहेको पानिटारको रमणीयतामा रम्दै यहाँको समग्र अध्ययनकालागि आउने विद्यार्थीहरुको संख्या थपिदै जादा स्थानीयमा थप उत्साह जागेको छ । पछिल्लो समय राजधानी काठमाडौं सहित विराटनगर, झापालगायत क्षेत्रका क्यामपसवाट अध्ययनका लागि विद्यार्थी आउने गरेका हुन् ।

पानिटारलाई पर्यटन प्रवर्दन तथा चिया बगानको बजारीकरण, सुधार र अध्यनको आवश्यकता महसुस गरि पानीटारलाई छनोट गरि यसपटक इलामको पानीटार आईपुगेको ट्रीटन इन्टरनेश्नल कलेज काठमाडौका समाज कार्य विभाग प्रमुख चन्द्र देव भट्टले बताउनु भयो ।

पर्यटन तथा कृषि मात्र नभएर पानिटारमा पछिल्लो समय विकास हुदै गएको “होम स्टे“ व्यावसायको सम्भाव्यता अवसर र चुनौतिको बारेमा समेत अध्यन गरेका छन् । परम्परागत समाजिककार्यको अभ्यास, समाजिक कार्य विधिमा अनुसन्धान लगायत विषयको पाठ्यक्रम अनुसार विध्यार्थिहरुलई अध्यन अनुसन्धान गरिएको कलेजको अनुसन्धान सिविरका सुपरभाइजर रश्मि पौडेलले बताउनु भयो ।

साथै २०७२ को संविधानले तिन तहको सरकार निर्माण गरिए पछि स्थानियस्तरमा भएका विकास निर्माण, शैक्षिक उन्नात्ति तथा समाजिक गतिविधिमा आएको परिवर्तनको समेत अध्यन गएको विद्यार्थिहरुले बताएका छन् ।

पनिटार भौगोलिक रुपमा सुन्दर तथा पर्यटकहरुको आकर्षण बिन्दु भएको हुदा प्रदेश सरकार, स्थानिय सरकार तथा केन्द्र सरकारार समेत ले नै यस क्षेत्रको विकास तथा प्रवर्दनमा ध्यान दिनु पर्ने पानीटार पर्यटन प्रर्वधन विकास केन्द्रका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । ‘पानीटारमा रमाउनेसँगै अध्ययनकालागि आउने विद्यार्थीको संख्या पनि थपिदै गएको छ,’ उहाँले भन्नुभयो, ‘अव यहाँको व्यवस्थापन र विकासमा तीन तहकै सरकारले सहयोग गर्नु पर्ने आवश्यक्ता छ ।’

चिया, अलैची, अम्लिसो, किवी, दुग्ध लगायतका कृषि उत्पादनलाई विस्तार तथा बजारीकरण गर्नुपन अध्यनले देखाएको छ । पानिटारको भौतिक तथा पर्यटकिय संगै समग्र विकासका लागि वडा कृयाशिल बन्नुपर्ने देखिन्छ ।
प्रकाश नेपालले हिमालय टाइम्समा लेख्नु भएको समाचार

TOP