कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कोशी प्रदेशका मन्त्री शम्शेर राईलाई आफनै निर्वाचन क्षेत्रमा प्रश्नै–प्रश्नको चाङ

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
कोशी प्रदेशका मन्त्री शम्शेर राईलाई आफनै निर्वाचन क्षेत्रमा प्रश्नै–प्रश्नको चाङ

फिक्कल: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राई प्रदेश मन्त्रालय अन्र्तगतका बिभिन्न कार्यालयका प्रतिनिधि सहित आईतबार इलामका स्थानीय पालिकामा आउनु भयो । मन्त्री आउने भएपछि सूर्योदय नगरपालिकामा जनप्रतिनिधि सहितको भिड जम्मा भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले मन्त्री राईलाई आफना कुरा राख्न आग्रह गरेपछि मन्त्री राईले प्रदेशका योजना कार्यान्वयनको अवस्था कस्तो छ भनेर बुझन आएको जानकारी दिनु भयो ।
मन्त्री राईले आफना कुरा नसकी प्रश्न तेर्सीन थाले । सूर्योदय नगरपालिकाका नगर प्रमुख राईले प्रश्न गर्नु भयो । प्रदेशका योजना के के छन, कहा संचालनमा छन, कस्ले नियमन र अनुगमन गर्छ ? उहाले थप्नु भयो काम गर्दा समन्वय खोई ? प्रदेश अन्र्तगतको खानेपानी डिभिजन कार्यालय झापाका कर्मचारी अलमल्ल परे । राईले थप्नु भयो‘पचास हजार र एक लाखका योजना हालेर प्रदेशका कर्मचारी आफुखुसी डाँडाडाँडा कुदेर मात्र बिकास हुँदैन, कार्यान्वयन हुनु पर्छ काम थाले पछि।’
सूर्योदय ६ का वडाध्यक्ष शिव कुमार बस्नेतले कन्यामको पर्यटक पदमार्गको काम किन अधुरो रहयो भनेर प्रस्न गर्नु भयो । उहाले भन्नु भयो ‘योजना मात्र हालिदिए भनेर भएन रकम आउनु आउनु परर्यो न ।’
सूर्योदय १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वजले प्रश्न गर्नु भयो–भालुखोप–झापा मुख्यमन्त्री सडकको काम किन नभएको हो ? सबै प्रश्न सुने पछि मन्त्री राईले प्रदेश र स्थानीय सरकार बिच समन्वयको कमी भएको बताउनु भयो । उहाले समन्वय नहुँदा एकै प्रकृतिका काममा दुबै सरकारले बजेट बिनियोजन गरेको बताउनु भयो । उहाले भन्नु भयो‘प्रदेशका योजना सहज रुपमा सम्पन्न नभएको पाइयो, प्रदेश र स्थानीय सरकार बिच निक्कै ग्याप छ ।’उहाले बिगतमा के भयो भन्ने भनदा पनि आगामी दिनमा समन्वय गरेर कसरी अगाडी बढ्ने भन्ने बिषयमा लाग्नु पर्ने बताउनु भयो । मन्त्री राईले प्रदेशका आयोजना थाल्नु अघि नै स्थानीय सरकार संग समन्वय गर्न कर्मचारीलाई निर्देशन समेत दिनु भयो । मन्त्री राईले प्रदेशका योजनाको अनुगमनको जिम्मा स्थानीय सरकारलाई दिईने ब्यवस्था गर्ने समेत बताउनु भयो ।
प्रदेश सरकार अन्र्तगत खानेपानी, सडक निर्माण र पर्यटन क्षेत्रमा काम भए पनि प्रभावकारी रुपमा कुनै योजना संचालन भएका छैनन्। योजना थाले पनि पुरा हुँन नसक्दा स्थानीयको बिश्वास समेत प्रदेश सरकारले गुमाउदै गएको पाईन्छ । कति योजना सम्झौता भए, कुन योजना कसरी संचालन हुँदै छ र कहिले सम्पन्न हुँने भन्ने कसैलाई थाहा छैन् ।
प्रदेश मन्त्रालय अन्र्तगतको खानेपानी डिभिजन कार्यालय झापाका सब इन्जिनियर ओम नारायण देबले असंख्य आयोजना संचालन भए पनि प्राविधिक कर्मचारीको अभाव रहेको बताउनु भयो । पूर्वाधार बिकास मन्त्रालय, शहरी बिकास मन्त्रालय लगायतले काम गरी रहे पनि अनुगमन र नियमनको पाटो भने फितलो भएको पाईएको छ । मन्त्री राईले समेत प्रदेश मन्त्रालयमा कर्मचारी पर्याप्त नहुँदा योजनाको अनुगमन हुँन नसकेको स्र्वीकानु भयो ।
इलामका बिभिन्न पालिकामा बिगतमा मुख्यमन्त्री सडकको नाममा काम शुरु भएका दर्जनौ योजना अहिले अलपत्र अवस्थामा छन । तत्कालिन मुख्यमन्त्री शेरधन राईको पालामा यी योजनाको शुरु भएको थियो ।
मन्त्री राईले यस अघि रोङ गाउँपालिकामा पनि स्थानीय तहको बिकास निर्माणका बिषयमा छलफल गर्नु भएको थियो । त्यहा पनि खानेपानीका सयौ योजना थाले पनि पुरा हुँन नसकेको भन्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले गुनासो गर्नु भएको थियो ।
मन्त्री राईले इलामको सीमा वर्ती पशुपतिनगरमा भारतीय सवारीको पार्कीङ सहज बनाउने बिषयमा छलफल गर्नु भयो । उहाले झापा र इलामका बिभिन्न प्रहरी चौकीको निरीक्षण समेत गर्नु भएको छ ।

TOP