कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको सूर्योदयमा १८ वर्ष मुनिका वालबालिकालाई मदिरा बेचविखन गर्न निषेध

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको  सूर्योदयमा १८ वर्ष मुनिका वालबालिकालाई मदिरा बेचविखन गर्न निषेध

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ । पालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताउनुभएको छ ।दिनदाहाडै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको भुजेलले बताउनु भयो ।

कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचविखन गर्न निषेध गरेको छ । इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गरेको छ । मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउदो नगरसभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ ।
नगरपालिकाको १४ औँ नगरसभा माघ दश गतेदेखि बस्दै छ । नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।

TOP