जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

इलामको फिक्कलबाट ड्रग्स सहित दुई जना पक्राउ

  • प्रकाशित मितिः October 30, 2025
  • हाम्रो पालिका
इलामको फिक्कलबाट ड्रग्स सहित दुई जना पक्राउ

फिक्कल : इलामको सूर्योदय नगरपालिका १० फिक्कल ड्रग्स कारोबारीमा संम्लग्न दुइृजनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । फिक्कल बजारको झापा स्टेन्डमा रहेको घडी तथा मोवाईल पसलबाट ड्रग्स कारोबारीमा संम्लग्न रहदै गर्दा शसस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।
चार सय ४० मिलिग्राम ड्रग्स सहित सूर्योदय नगरपालिका १० का घडी तथा मोवाईल मर्मत पसलका संचालक ४० बर्षीय छिनम तामाङ र खरिद गर्ने अभिषेक राईलाई ड्रग्स सगै प्रहरीले पक्राउ गरेको छ । सानो चारवटा पोकामा रहेको तीन सय ३० मिलिग्राम ड्रग्स बेच्दै गर्दा र एक सय १० मिलिग्राम ड्रग्स पसलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्पका शसस्त्र प्रहरी निरीक्षक कमल थानीको कमाण्डमा खटीएको टोलीले ड्रग्स सहित तामाङ र राईलाई पक्राउ गरेको हो । शसस्त्र प्रहरीले पक्राउ गरी ड्रग्स सहित दुबै कारोबारीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको जिम्मा लगाएको जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान शुरु गरिएको जानकारी दिनु भयो । पक्राउ गरीएका दुबै जनालाई लागु औषध ओसार पसार तथा बेचबिखन बिरुद्ध मुद्धा चलाईने प्रहरीले जनाएको छ । पछिल्लो समय फिक्कल बजार आसपासमा लागु औषध प्रयोग कर्ता र बिक्रेता समेत बढ्दै गएको पाईएको छ ।

TOP