जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको फिक्कलबाट ड्रग्स सहित दुई जना पक्राउ

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
इलामको फिक्कलबाट ड्रग्स सहित दुई जना पक्राउ

फिक्कल : इलामको सूर्योदय नगरपालिका १० फिक्कल ड्रग्स कारोबारीमा संम्लग्न दुइृजनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । फिक्कल बजारको झापा स्टेन्डमा रहेको घडी तथा मोवाईल पसलबाट ड्रग्स कारोबारीमा संम्लग्न रहदै गर्दा शसस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।
चार सय ४० मिलिग्राम ड्रग्स सहित सूर्योदय नगरपालिका १० का घडी तथा मोवाईल मर्मत पसलका संचालक ४० बर्षीय छिनम तामाङ र खरिद गर्ने अभिषेक राईलाई ड्रग्स सगै प्रहरीले पक्राउ गरेको छ । सानो चारवटा पोकामा रहेको तीन सय ३० मिलिग्राम ड्रग्स बेच्दै गर्दा र एक सय १० मिलिग्राम ड्रग्स पसलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्पका शसस्त्र प्रहरी निरीक्षक कमल थानीको कमाण्डमा खटीएको टोलीले ड्रग्स सहित तामाङ र राईलाई पक्राउ गरेको हो । शसस्त्र प्रहरीले पक्राउ गरी ड्रग्स सहित दुबै कारोबारीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको जिम्मा लगाएको जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान शुरु गरिएको जानकारी दिनु भयो । पक्राउ गरीएका दुबै जनालाई लागु औषध ओसार पसार तथा बेचबिखन बिरुद्ध मुद्धा चलाईने प्रहरीले जनाएको छ । पछिल्लो समय फिक्कल बजार आसपासमा लागु औषध प्रयोग कर्ता र बिक्रेता समेत बढ्दै गएको पाईएको छ ।

TOP