कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा लैङ्गिक हिंसा बिरुद्धको अभियानको समापन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदयमा लैङ्गिक हिंसा बिरुद्धको अभियानको समापन

फिक्कल: लैङ्गिक हिंसा अन्त्यको सुनिशिचतता,महिला र बालबालिकामा लगानिको ऐक्यबद्बता भन्ने मुल नारका साथ यस वर्षको लैगिंक हिंसा विरुद्बको १६ दिने अभियान सूर्योदय नगरपालिकामा समापन गरिएको छ ।महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजना र नगरका १४ वटा सहित नगर भित्र रहेका विभिन्न सामाजिक संघ संस्थाको समन्वयमा १६ दिन सम्म विभिन्न कार्यक्रम गरी आज फिक्कलमा एक कार्यक्रा गरी समापन गरिएको हो ।
नगर उप प्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख राईले हिंसा के को कारण भएको भन्ने पत्ता लगाई अन्त्य गर्न तर्फ नगर लागेको बताउनु भयो । नगरले छोरी र बुहारीलाई शिक्षा, बाल बचत, बालमैत्री नगरपालिका हुँदै अगाडि बढेको बताउनु भयो । उहाँले आगामी दिनमा नारा हैन बहसको माध्यमबाट यस्ता अभियान संचालन गर्ने बताउनु भयो । नगर उप प्रमुख दुर्गा बरालले कुटपिट गर्नु मात्र हिंसा नभई बोली ब्यवहारमा गरिने कार्य पनि हिंसा भएको बताउनु भयो । बरालले नगरका सार्वजनिक कार्यक्रममा वडाध्यक्ष उपस्थित नभएको भन्दै गुनासो गर्नु भयो । उहाले वडाध्यक्षले वडाका काम मात्र गरेर नहुँने भन्दै यस्ता कार्यक्रममा सक्रिय सहभागिता जनाउनु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा १४ वटै वडाका वडाध्यक्षलाई बोलाईए पनि वडा नं. ९ का वडाध्यक्ष देवेन्द्र शर्मा मात्र उपस्थित रहनु भएको थियो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले लैङ्गकि हिंसा अन्तर्राष्ट्रिय स्तरमै भएकाले यो अभियान विश्व भरी नै चलेको बताउनु भयो । उहाँले नेपाल एउटा कानुनी राज्य भएको हुँदा कानुनको पालना सही ढंगले गर्न सके यस्लाई न्युनिकरण गर्र्न सकिने बताउनु भयो । कार्यक्रममा महिला बालबालिका शाखाकी प्रमुख तारा शेर्पाले स्वागत मन्तव्य राख्दै १६ दिन सम्म भएको कार्यक्रमको विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँले नगरमा हाल घरेलु हिंसा ७ वटा,न्यायीक समितिमा २२ वटा, जग्गा सम्बन्धि १९ वटा मुद्धा परेको र ६ वटा प्रकृयामा नै रहेको बताउनु भयो । उहाँले गत बर्षको भन्दा केही घटना बढेको जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख चित्रकला बराइलीले महिलाले गरेका कार्यक्रममा महिला मात्र, जनजातीले गर्ने कार्यक्रममा जनजाती मात्र र बालबालिकाका कार्यक्रममा बालबालिका मात्र उपस्थित हुँनु दुखद भएको बताउनु भयो । कार्यपालिका सदस्य लत्तादेवी अधिकारीले ५८ हजर जनसंख्या रहेको नगरमा ११ वटा घटना मात्रै दर्ता भएको हुँदा लैङ्गकि हिंसामा नगर कहाँ छ भन्ने बुझ्न सकिने बताउनु भयो । उहाले यो अभियान रूपमा नभइ कुनै न कुनै माध्यमबाट निरन्तरता दिनुपर्ने बताउनु भयो । कार्यक्रममा सूर्योदय नगर बाल संजालका अध्यक्ष्य निरोज चम्मलिङ राई ,सूर्योदय महिला मन्चकी अध्यक्ष अमृता राई , माइति नेपाल पशुपतिनगरका प्रमुख होम ढकाल, शक्ति समुहका खगेन्द्र ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
। समापनको अवसरमा सूर्योदय महिला मंचकी सचिव साधना फागोलाई सम्मान गरिएको थियो । उहालाई मानव अधिकार मन्च नेपाल,लगायत विभिन्न संघ सस्थामा रही हिंसा विरुद्ध गरेको कामको कदर गर्दै कदर पत्र,दोसल्ला र नगद पाँच हजार रुपैयाँले सम्मान गरिएको छ । यस्तै बालबालिका शाखाको कोषमा रहेको नगद ११ हजार कृष्ण आधारभूत विध्यालयमा कार्पेट खरिदका लागी प्रदान गरिएको छ ।उक्त रमक गीतकार महेश आचार्यबाट १० हजार र साना सिंचाई आयोजना फिक्कल क्लष्टर प्रमख केशब लामाबाट १ हजार गरी ११ हजार प्राप्त भएको थियो । कार्यक्रम अघि बिभिन्न नारा सहित फिक्क्ल बजार परिक्रमा गरिएको थियो ।

TOP