अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता

फिक्कल:

इलामको सूर्योदय नगरपालिकाको कन्यामम बिज्ञान र गणित प्रतियोगिता तथा प्रदर्शनी शुरु भएको छ । नगरको बार्षिक कार्यक्रम अनुासर नगर क्षेत्रका २१ वटा सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी प्रतियोगिता तथा प्रदर्शनी कन्यामको कृष्णाश्रम माध्यमिक बिद्यालयमा शुरु भएको हो । प्रतियोगित दुई दिन सम्म चल्ने छ ।
प्रतियोगितामा बिद्यार्थी शिज्ञान र गणितका ब्यहारिक जिवनमा आईपर्ने बिभिन्न बिषयलाई चित्रण गर्न खोखेका छन । बिद्यार्थीले भोल्क्यानो, नमुना सहर, ब्यवस्थित पार्किङ, टनेल खेती प्रविधि सहित परम्परागत सामग्री निर्माण गरी प्रतियोगिताका लागि प्रदर्शनमा राखेको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार प्रतियोगितामा गणित र बिज्ञान माध्यमिक तर्फ प्रथम दोस्रो र तेस्रो हुँनेले क्रमश २०, १५ र १० हजार पाउने छन भने निम्न माध्यमिक तर्फ पनि प्रथम दोस्रो र तेस्रो हुँनेले क्रमश २०, १५ र १० हजार रुपियाँ पाउने छन् । अतिरिक्त बिधा तर्फ एउटा बिद्यालयलाई नगद १० हजार प्रदान गरीने छ ।
सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको कार्यक्रममा बिद्यार्थीले निर्माण गरेका बिभिन्न सामग्री स्टलमा राखिएको छ । स्टल अवलोकन गर्नेको भिड समेत लागेको छ । प्रतियोगिता तथा प्रदर्शनीको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बिहीबार उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै नगर प्रमुख राईले प्रतियोगिताले बिद्यार्थीलाई समय अनुकुल परिमार्जित हुन मद्दत पुग्ने हाम्रो पालिकालाई बताउनु भयो । उहाले प्रतियोगिताले बिद्यार्थीलाई प्रतिष्पर्धी र ब्यवहारीक बन्न सहयोग पुग्ने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘बिगतका बर्ष भन्दा परिमार्जित प्रोजेक्टहरु आएका छन् जसले बिद्यार्थीलाई भविश्यमा कता जाने भन्ने बाटो निर्धारण गर्दछ ।’
नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बिज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम नमुना कार्यक्रम भएको बताउदै बिद्यार्थीलाई जिवन उपयोगी शिक्षामा प्रेरित गरेको बताउनु भयो ।
सोहि कार्यक्रममा २०७९ मा तेस्रो पक्षले गरेको अनुगमनमा उत्कृष्ठ कार्य सम्पादन गर्ने बिद्यालयलाई पुरस्कृत समेत गरीएको छ । १ सय ८३ वटा सूचक राखी गरीएको अनुगमनमा पहिलो हुँने फिक्कल नमुना माध्यमिक बिद्यालयलाई एक लाख, दोस्रो हुँने जनक माबिलाई ५० हजार, सहित सार्वजनिक आधारभु बिद्यालय, भवानी आवि र कृष्ण आबिलाई २५ हजारका दरले पुरस्कृत गरिएको छ । तेस्रो पक्ष अनुगमन गर्नु भएका स्रोत ब्यक्ति निस्कल राईले बिद्यालयले गरेका काम र कार्य सम्पादनको आधारमा बढी सूचकमा अंक पाएका बिद्यालय छनौट भएको हाम्रो पालिकालाई जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा बिपत जोखीम न्यूनीकरण सम्बन्धि डेमोस्टसन समेत प्रदर्शन गरीएको छ भने भुपेन्द्र राई लगायतका कलाकारले गीत समेत प्रस्तुत गरेका थिए ।
नगरपालिकाले १२ महिना १२ कार्यक्रम सहित शिक्षा सुधारका बिभिन्न कार्यक्रम गर्दै आएको छ । नगरका सामुदायिक बिद्यालयलाई प्रविधिमैत्री बनाउदै नगरले बालबचत खाता संचालन, बिद्यार्थी अविभावक परिचय पत्र बितर र मिनी म्याथ ल्याव समेत शुरु गरीसकेको छ ।



TOP