जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता

  • प्रकाशित मितिः October 29, 2025
  • हाम्रो पालिका
कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता

फिक्कल:

इलामको सूर्योदय नगरपालिकाको कन्यामम बिज्ञान र गणित प्रतियोगिता तथा प्रदर्शनी शुरु भएको छ । नगरको बार्षिक कार्यक्रम अनुासर नगर क्षेत्रका २१ वटा सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी प्रतियोगिता तथा प्रदर्शनी कन्यामको कृष्णाश्रम माध्यमिक बिद्यालयमा शुरु भएको हो । प्रतियोगित दुई दिन सम्म चल्ने छ ।
प्रतियोगितामा बिद्यार्थी शिज्ञान र गणितका ब्यहारिक जिवनमा आईपर्ने बिभिन्न बिषयलाई चित्रण गर्न खोखेका छन । बिद्यार्थीले भोल्क्यानो, नमुना सहर, ब्यवस्थित पार्किङ, टनेल खेती प्रविधि सहित परम्परागत सामग्री निर्माण गरी प्रतियोगिताका लागि प्रदर्शनमा राखेको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार प्रतियोगितामा गणित र बिज्ञान माध्यमिक तर्फ प्रथम दोस्रो र तेस्रो हुँनेले क्रमश २०, १५ र १० हजार पाउने छन भने निम्न माध्यमिक तर्फ पनि प्रथम दोस्रो र तेस्रो हुँनेले क्रमश २०, १५ र १० हजार रुपियाँ पाउने छन् । अतिरिक्त बिधा तर्फ एउटा बिद्यालयलाई नगद १० हजार प्रदान गरीने छ ।
सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको कार्यक्रममा बिद्यार्थीले निर्माण गरेका बिभिन्न सामग्री स्टलमा राखिएको छ । स्टल अवलोकन गर्नेको भिड समेत लागेको छ । प्रतियोगिता तथा प्रदर्शनीको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बिहीबार उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै नगर प्रमुख राईले प्रतियोगिताले बिद्यार्थीलाई समय अनुकुल परिमार्जित हुन मद्दत पुग्ने हाम्रो पालिकालाई बताउनु भयो । उहाले प्रतियोगिताले बिद्यार्थीलाई प्रतिष्पर्धी र ब्यवहारीक बन्न सहयोग पुग्ने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘बिगतका बर्ष भन्दा परिमार्जित प्रोजेक्टहरु आएका छन् जसले बिद्यार्थीलाई भविश्यमा कता जाने भन्ने बाटो निर्धारण गर्दछ ।’
नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बिज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम नमुना कार्यक्रम भएको बताउदै बिद्यार्थीलाई जिवन उपयोगी शिक्षामा प्रेरित गरेको बताउनु भयो ।
सोहि कार्यक्रममा २०७९ मा तेस्रो पक्षले गरेको अनुगमनमा उत्कृष्ठ कार्य सम्पादन गर्ने बिद्यालयलाई पुरस्कृत समेत गरीएको छ । १ सय ८३ वटा सूचक राखी गरीएको अनुगमनमा पहिलो हुँने फिक्कल नमुना माध्यमिक बिद्यालयलाई एक लाख, दोस्रो हुँने जनक माबिलाई ५० हजार, सहित सार्वजनिक आधारभु बिद्यालय, भवानी आवि र कृष्ण आबिलाई २५ हजारका दरले पुरस्कृत गरिएको छ । तेस्रो पक्ष अनुगमन गर्नु भएका स्रोत ब्यक्ति निस्कल राईले बिद्यालयले गरेका काम र कार्य सम्पादनको आधारमा बढी सूचकमा अंक पाएका बिद्यालय छनौट भएको हाम्रो पालिकालाई जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा बिपत जोखीम न्यूनीकरण सम्बन्धि डेमोस्टसन समेत प्रदर्शन गरीएको छ भने भुपेन्द्र राई लगायतका कलाकारले गीत समेत प्रस्तुत गरेका थिए ।
नगरपालिकाले १२ महिना १२ कार्यक्रम सहित शिक्षा सुधारका बिभिन्न कार्यक्रम गर्दै आएको छ । नगरका सामुदायिक बिद्यालयलाई प्रविधिमैत्री बनाउदै नगरले बालबचत खाता संचालन, बिद्यार्थी अविभावक परिचय पत्र बितर र मिनी म्याथ ल्याव समेत शुरु गरीसकेको छ ।



TOP