जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

मानेभञ्ज्याङ गोल्डकपको उपाधिका लागि जलपाइगुडी र आर्मी भिड्ने

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
मानेभञ्ज्याङ गोल्डकपको उपाधिका लागि जलपाइगुडी र आर्मी भिड्ने

मानेभञ्ज्याङ :  सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी  र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्र्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए ।
उनले आर्मीका लागि २ गोल गरे । ३६ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा अग्रता दोब्बर बनाए । चाँदका लागि प्रविक तामाङले ५६ औ मिनेटमा सान्तवना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको छ । जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको बिजेताले ८ लाख  (५ लाख भारु) र उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।

TOP