कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाका सामुदायिक बिद्यालयमा अनलाईन कक्षा शुरु

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाका सामुदायिक बिद्यालयमा अनलाईन कक्षा शुरु

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकाका सामुदायिक तर्फका माध्यमिक बिद्यालयमा अनलाईन कक्षा संचालनमा ल्याईएको छ ।नगरका १४ वटा सामुदायिक तर्फका माध्यमिक बिद्यालयमा एकै पटक कक्षा संचालन हुँने गरी अनलाईन कक्षा शुरु गरीएको हो । मंगलबार शिक्षा विद डाक्टर बिद्यानाथ कोईराला र सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले रिर्मोट थिचेर अनलाईन कक्षाको उद्घाटन गर्नु भयो ।
शिक्षा क्षेत्रमा उल्लेखीय फड्को मारेको सूर्योदय नगरपालिकाले पछिल्लो समय गणित बिषयको अनलाईन कक्षा शुरु गरेको छ । उद्घाटन कार्यक्रममा फिक्कल माबिका शिक्षक भुपेन्द्र अधिकारी गणित बिषयको अनलाईन कक्षा संचालन गर्नु भयो । नगरले शुरुमा माध्यमिक तहको कक्षा १० बाट गणित बिषय पढाउन शुरु गरेको नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार यस अघि नै फिक्कल नमुना माध्यमिक बिद्यालय र ज्योती माध्यमिक बिद्यालयमा गणित ल्याब संचालनमा ल्याई सकेको छ । नगरले सामुदायिक बिद्यालय अन्र्तगत प्राथमिक तहमा मिनि म्याथ ल्याव संचालनमा ल्याई सकेको छ ।
कार्यक्रममा शिक्षा बिद डा. कोईरालाले गणित संग बिभिन्न बिषयको फ्युजन गराउन जरुरी रहेको बताउनु भयो । उहाले गणित बिषयलाई ध्यान दिन सके शैक्षिक गुणस्तर सुधार गर्न सकिने भएकाले गणित बिषयमा जति खेल्न सक्यो उती नै उपलब्धी हुने बताउनु भयो । डा. कोईरालले भन्नु भयो‘बिज्ञानलाई हाम्रा पुर्खा देखि प्रयोग गर्दै आएका छौ, अव ब्यवहारमा लागु गरौ ।’उहाले घट्दो जन्मदरका कारण पनि शिक्षा क्षेत्रमा असर परेको बताउनु भयो । उहाले थप्नु भयो‘बच्चा पहिला की बिद्यालय भन्ने दिन आयो, बच्चै भएनन भने बिद्यालय मात्र भएर के गर्ने ?’
सोहि कार्यक्रममा आर्चाय महेन्द्र भट्टराईले मानसिक अवस्था र धैर्यताका कारण बिद्यालयमा समस्या आएको बताउनु भयो । उहाले एउटा शिक्षक कक्षा कोठामा गएर कराई रहने र बिद्यार्थीले नसुन्ने अवस्था आएको बताउनु भयो । शिक्षा क्षेत्रका अर्का जानकार बिबेक बिनयीले सबै क्षेत्र सक्रिय रुपमा लागनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले प्रविधि संगै नैतिक शिक्षाको खाचो रहेको बताउनु भयो । उहाले स्वरोजगार बन्ने गरीको शिक्षा दिनका लागि सरकारले पाठ्यक्रम परिमार्जन गर्नु पर्ने बताउनु भयो । ‘नगरले मात्र बल गरेर हुँदैन, राज्य , बिद्यालय र अविभावले समेत अव ध्यान दिनु पर्छ ।’ शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संचालन गर्नु भएको कार्यक्रमा नगरका प्रमुअ प्रशासकीय अधिकृत मिलन भट्टराई लगायत बिद्यालयका प्रधानाध्यापक लगायत सरोकारवालाको सहभागीता थियो । कार्यक्रममा फिक्कल माबिका प्रअ गंगाबहादुर महतले स्वागत मन्तब्य राख्दै बिद्यालय सुधारमा नगरे गरेका कामको प्रशंशा गर्नु भयो ।

सोहि कार्यक्रममा कक्षा ६–८ को स्थानीय पाठ्यक्रम‘हाम्रो सूर्योदय’को लोर्कापण समेत गरीएको थियो । नगरले यस अघि नै नगरका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सहित प्यान बोर्ड जडान गरीसकेको छ । प्रविधिमैत्री बिद्यालय निर्माणमा लागेको नगरले १२ महिना १२ कार्यक्रम छोरी बुहारी शिक्षा, बाल बचत खाता संचालन, अविभावक परिचय पत्र वितरण सहितका काम गर्दै आएको छ । उक्त कार्यक्रम पछि पाठ्यक्रम बारे प्रबोधिकरण कार्यक्रम समेत भएको थियो ।

TOP