कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका

इलाम : मेची राजमार्गको माइखोला(गोलाखर्क भञ्ज्याङ खण्डमा मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको भएपनि सडकको अवस्था जस्ताको त्यस्तै छ । तराइबाट देखि पहाड आऊ(जाऊ गर्ने मुख्य मार्ग नै हिउँद र बर्खा सवारीका साधन सहज रूपमा गुड्न सक्दैनन्।

राजमार्गको केही भाग भासिएर अहिले सडक नै अबरुद्ध बन्दा सडक मर्मतमा स्थानिय सरकार आफै अग्रसर भएको छ । झापा देखि ताप्लेजुङ सम्म ४ जिल्ला जोड्ने सडकको इलाम नगरपालिकाको माइखोला राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर खण्डमा पर्ने मेची राजमार्ग अहिले धेरै स्थानमा बिग्रिएको छ । कालोपत्रे भत्किएर सडकमा भासिएको छ । सडक धरै स्थानमा खाल्डा परेको छ भने कतिपय स्थानमा सडक भासिएर आधाभन्दा बढी भाग क्षतिग्रस्त भएपछि राजमार्ग एकतर्फीजस्तो भएको छ ।

बर्सेनि करोडौं रुपैया खर्चेर सडक मर्मत गरेपनी दीर्घकालीन समस्याको निकास निस्कन नसकेपछी इलाम नगरपालिकाका जनप्रतिनिधिले बैकल्पिक राजमार्ग निर्माणका लागि पहल सुरु गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले राजमार्ग निर्माणका लागि मन्त्रालयमा पत्राचार समेत गरिएको बताए ।

अहिले संचालनमा रहेको सडक भएर यात्रा गर्ने यात्रुले हिउँद र बर्खामा नै समस्या भोग्नुपरेको छ । यो सडक बर्सेनि भासिदै गएको सडक डिभिजन कार्यालय इलाम सुपरभाइजर नर बहादुर बस्नेतले बताए । उनले यो भासिएको भाग बाहिर कतै नदेखिए पनि बर्सेनि सडक भासिरहेको बताए ।

यहि सडक मर्मतको लागि तत्कालको समस्या हल गर्न इलाम नगरपालिकाले आफ्नो श्रोत साधन प्रयोग गरेर ग्राभेल लगाएको हो । सडक डिभिजन मार्फत बर्सेनि काम भइरहेको भएपनी उक्त काम बालुवामा पानी सरह भइरहेको छ । सडक अप्ठ्यारो भएकाले मर्मत गर्न स्थानीय तथा व्यवसायीले पटक(पटक माग गरेपनि दिर्घकालीन समस्याको समाधानमा अहिले सम्म कसैले चासो देखाएका छैनन्।

माइखोलादेखि गोलाखर्क भञ्ज्याङ खण्डकमा वर्षौंदेखि राजमार्ग भत्किएको सडकको बैकल्पिक मार्ग निर्माण गरिनुपर्ने स्थानीयको आवाज उठाउ थालेको छ । सघिय सरकारले सडक परिवर्तन चासो नदेखिएकोले स्थानिय सरकार आफैले अग्रसरता लिएको इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले बताए । उनले आफै खटेर २ दिनभित्रमा सडकको तत्कालको समस्या समाधान गरिने बताए ।

यो स्थानमा मर्मतकालागि मात्रै करोडौं रुपैयाँ खर्च गरेर ‘रक’ एङ्करिङ प्रबिधि समेत असफल भएपछि सडकको अवस्था दयनीय छ । सडक भासिन क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भएपछि सडकको रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छ ।

२०५३ सालदेखि भासिन सुरु गरेको सडकको माइखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको छ । सडक क्षतिग्रस्त हुने गरेकाले यातायात व्यवसायीले राम्रो अध्ययन गरि मर्मत गर्न आग्रह गर्दै आएका छन् ।

TOP