कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा ‘बालबालिका संग नगर प्रमुख’

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदयमा ‘बालबालिका संग नगर प्रमुख’

प्रेम अधिकारी

बालवालिकाका सबै समस्या बुझेर काम गर्ने उदेश्यले इलामको सूर्योदय नगरपालिकामा बालबालिका संग नगर प्रमुख कार्यक्रमको शुरु गरीएको छ । बालवालिकालाई बिद्यालय, घर तथा समाजमा हुँने बिभिन्न प्रकारका समस्या समाधान गरी शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालयका बालवालिका संग नगर प्रमुख कार्यक्रम शुरु गरीएको हो ।
सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २५० बढी बिद्यार्थी सहभागी कार्यक्रममा बिद्यार्थीले सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई समक्ष बिभिन्न समस्या र जिज्ञासा राखेका थिए । बिद्यार्थीले नगरको बिकास देखि स्वास्थ्य , शिक्षा, खेलकुद , रोजगारी जस्ता बिषयमा समस्या राखेका थिए ।
एभरल्याण्ड अग्रेजी बिद्यालयमा कक्षा १० मा अध्ययनरत प्रयास कट्टेलले युवा पुस्तामा जागीरको सम्मान नभएको प्रश्न राख्नु भयो । उहाले भन्नु भयो‘ कृषि क्षेत्र जागीर खाने कोही भन्दैनन् डाक्टर मात्र बन्छु भन्छन,किन जागीरको सम्मान नभएको मेयर साव?’
यस्तै फिक्कल माध्यमिक बिद्यालयकी छात्रा सुभेच्छा दहालले बिद्यार्थीले ध्यान केन्द्रित भएर पढन नसकेको गुनासो राख्नु भयो । उहाले मनलाई एकीकृत गरी पढ्ने बनाउने तालिम किन नदिएको भनेर प्रश्न गर्नु भयो । सनराईज बिद्यालयकी छात्रा सन्ध्या बरालले नगरमा सार्वजनिक पुस्तकालय नभएका कारण पढ्न समस्या भएको गुनासो तेर्साउनु भयो । छात्रा रितिका राईले नगरका अस्पताल ब्यवस्थित नहुँदा सेवा ग्राहीले दुख पाएको दृष्टान्त औल्याउनु भयो ।
बिद्यार्थीले नगर प्रमुख राई संग बिद्यालयमा खेल मैदान हुँदा पनि खेल खेल्न नपाएको, क्यान्टीनमा धुम्रपान बिक्री बितरण भएको, बिद्यालयमा कुटाई खाएको, बिद्यालयले बस सेवा संचालन नगर्दा घण्टौ हिड्नु परेको जस्ता समस्या राखेका थिए ।
नगर प्रमुख राईले बिद्यार्थीका प्रश्नको जवाफ दिदै नगर क्षेत्रका सबै बिद्यालयमा यस बर्षबाट निशुल्क सेनेटरी प्याड बितरण शुरु गर्ने जानकारी दिनु भयो । उहाले सबै बिद्यालयमा इन्टरनेट, क्म्पयुटर, इ प्यानल बोर्डको ब्यवस्था गरीसेकाले प्रविधिको उच्चतम प्रयोग गरी अध्ययन अध्ययापन गराईनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘एकै पटक सबै कुरा सुधार गर्न नसकीएला तार, बिद्यालयका क्यान्टिनको फुड जाँच तत्काल गर्छौ ।’
उहाले नगरले १२ महिना १२ कार्यक्रम संगै नगरले करफोक बिद्यामन्दिरमा १५८ जना महिलालाई छोरी बुहारी कार्यक्रम अन्तरगत निशुल्क पढाईरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले बालमैत्री नगर घोषणा गरीए पछि नगरमा बाल बिवाह रोकीएको जानकारी दिनु भयो । उहाले दुई ९८ प्रतिशत रोकी पनि २ प्रतिशत मात्र समस्या बाल बिवाहको बिषयमा रहेको जानकारी दिनु भयो । सूर्योदय नगर बाल संजालका अध्यक्ष निरोज राईले बालमैत्री नगर घोषणा भएपछि बालबालिकाका धेरै समस्या हटेको बताउनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शाखाले बर्षै भरी बिभिन्न कार्यक्रम संचालन गरीरहेको बताउनु भयो । उहाले भन्नु भयो‘शैक्षिक गुणस्तर सुधारका लागि हामी निरन्तर लागि रहेका छौ, धेरै सुधार भएको छ ।’
उहाले नगरले गरेका प्रयासलाई बिद्यालयले समेत सकारात्मक लिएर साथ दिन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा बाल प्रतिभा स्मारीका २०८० को बिमोचन गरीएको थियो । कार्यक्रममा सहभागी ८ वटा बिद्यालयका बिद्यार्थीलाई ३ वटाका दरले गणित अभ्यास पुस्तिका बितरण गरीएको थियो । गणित संग खेलौ गणितीय धारणा बनाऔं भन्ने नाराका साथ बर्षेर्नी कक्षा ८, ९ र १० का बिद्यार्थीलाई गणित अभ्यास पुस्तिका बितरण गरीदै आएको छ । उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापकको समेत सहभागीता थियो। उक्त कार्यक्रम नगरका १४ वटै वडामा संचालन हुने छ ।

TOP