कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण


फिक्कल: इलामको माईजोगमाई गाउँपालिका वडा नं. २ फाटक स्थित नेपाल–भारत दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले यिन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल (बि.ओ.पि.) जौबारीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा भारतीय सवारी साधन सहित चिनी लगायत अन्य खाद्य सामाग्री नियन्त्रणमा लिएको हो ।
४ लाख ८६ हजार ७०० रुपियाँ बराबरको सामान पशुपतिनगर भन्सार दाखिला गरीएको सशस्त्र प्रहरी बल इलामका प्रमुख एसपी दोर्ण बिष्टले जानकारी दिनु भयो । सीमा क्षेत्रमा पछिल्लो समय सशस्त्रले कडाई गरेपछि सामान जाउजाउ समेत ठप्प जस्तै छ । लुकाई छिपाई ल्याएको सामान समेत प्रहरीले नियन्त्रण लिने गरेको छ । पछिल्लो समय इलामको गोर्खेबाट प्रहरीले भारतीय रम बरामद गरेको थियो ।

TOP