जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

पशुपतिनगरबाट पाँच महिलाको उद्धार,तीन जना पक्राउ

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
पशुपतिनगरबाट पाँच महिलाको उद्धार,तीन जना पक्राउ

फिक्कल: इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट दलालले भारत लैजादै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका बिभिन्न स्थानका पाँच जना महिलालाई दलाले कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजादै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।
दलालले सीमाना कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी , माईती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको माईती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिनु भयो ।
उद्धार गरीएका महिलामा कञ्चनपुरका दुई , दार्चुला एक, बैतडी एक , र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भयो । उहाले राती आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शंकास्पद गतिविधि देखिए पछि सोधखोज गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार गर्न सफल भएको जानकारी दिनु भयो । उद्धार गरिएका महिला १६ देखि ३० बर्ष उमेर समुहका रहेका छन् । प्रजिअ पोख्रेलका अनुासर महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरीएको छ भने पुरुषलाई समेत बिभिन्न कामको प्रलोभन देखाएर शरिरका बिभिन्न अंग बिक्री गर्नका लागि भारत लैजाने गरीएको छ । प्रजिअ पोख्रेलले भन्नु भयो‘मानव तस्करले यौनजन्य क्रियाकलापमा महिला र किड्नी , मुटु , आखा जस्ता अंग बिक्री गर्नका लागि पुरुषको मानव तस्करी हुने गरेको छ ।’
इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई भारत लैजादै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ बर्षिय उपेन्द्र बडु, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ का २० बर्षीय सीता धामी र कंञ्चनपुर देवकोट नगरपालिका २ का १९ बर्षीय शुशिला धामी रहेका छन् । पक्राउ गरीएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक जवेगुले जानकारी दिनु भयो ।
माईती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले उद्धार गरीएका पाँचजना मध्ये तीन जनालाई माईती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ । दुई जनलाई माईती नेपालको केन्द्रिय कार्यालय काठ्माण्डौ पठाईएको छ । प्रमुख ढकालका अनुासर काठमाण्डौ लगिएका दुई जनालाई माईती नेपालको संरक्षक्षणमा राखी सीपमुलक तालिम दिएर उनीहरुको बृतिबिकासमा पहल गरीने छ ।
प्रमुख ढकालले कोरोना महामारी पछि पशुपतिनगर नाका मानव तस्करीको ट्रान्जीट प्वाईन्ट बन्दै गएको छ । उहाले भन्नु भयो‘भारतका बिभिन्न मार्केटिङ कम्पनीमा जागीर लगाउन भनेर लगेर कोठीमा राख्ने गरीएको छ ।’
आर्थिक अवस्था कमजोर भएका र पारिवारीक कलहका कारण घर छोडेर बिभिन्न प्रलोभनमा परेका महिला बढी दलालीको फन्दामा पर्ने गरेको पाईएको छ । कामको प्रलोभनमा भारत लैजादै गर्दा मासिक रुपमा २० देखि ३० जना महिलाको उद्धार गर्ने गरीएको माईती नेपाल पशुपतिनगरले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक बर्ष २०७९÷०८० मा पशुपतिनगर नाकाबाट भारत जादै गरेका एक सय ५२ जनालाई रोकी परिवारको जिम्मा लगाईएको छ । हराएका ८ जना मध्ये सात जनाको उद्धार गरी परिवारको जिम्मा लगाईएको माईती नेपाल पशुपतिनगरले जानकारी दिएको छ ।
प्रमुख ढकालका अनुसार नेपालका पश्चिमी जिल्लाका महिलालाई दलालले बढी मात्रामा भारत लैजाने गरेका छन् । उहाले खुल्ला सीमा नाका भएका कारण पशुपतिनगर सहित नेपाल भारत सीमा क्षेत्रमा मानव तस्करी नियन्त्रण गर्नका लागि थप जनशक्ति परिचालन गर्नु पर्ने बताउनु भयो ।

TOP