जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

फिक्कल र बरबोटेमा डेंगी नियन्त्रण लक्षित सरसफाई अभियान (फोटो फिचर)

  • प्रकाशित मितिः October 29, 2025
  • हाम्रो पालिका
फिक्कल र बरबोटेमा डेंगी नियन्त्रण लक्षित सरसफाई अभियान (फोटो फिचर)

फिक्कल: सूर्योदय नगरपालिका १० फिक्कल बजारमा डेंगी नियन्त्रण लक्षित सरसफाई कार्यक्रम गरीएको छ ।
सूर्योदय नगरपालिका स्वास्थ्य शाखाले डेंगी फैलन नदिन र बजारको सौदर्यता कायम राख्नका लागि फिक्कल बजार क्षेत्रमा सरसफाई गरेको हो ।
बजारका खाल्डाखुल्डीमा जमेको पानी, बोतल तथा ड्रमहरुमा राखीएको पानीका कारण लामखुट्टेको बृद्धि हुँने भएकाले बजार क्षेत्रको सरसफाई गरीएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।
सरसफाई कार्यक्रममा स्वास्थ्यकर्मी , जनप्रतिनिधि, कर्मचारी , नेपाल प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा स्थानीयको भने सहभागीता थिएन । आफनो घर वरिपरि नगरले सरसफाई गर्दा पनि स्थानीय ननिस्कनु दुखद भएको जनप्रतिनिधिको भनाई छ ।
वडा नं. १० को कार्यलय देखि बजार क्षेत्रका पानी जम्ने स्थानको सरसफाई गरीएको खत्रीले जानकारी दिनु भयो ।
जनस्वास्थ्य निरीक्षक खत्रीले वडा नं. १० र ९ मा डेंगी फैलिरहेकाले ती वडामा सरसफाई गरीएको जानकारी दिनु भयो । वडा नं. ९ को बरबोटे बजार क्षेत्र पनि सरसफई गरीएको छ । नगरको ९ र १० नं. वडामा डेंगी रोग सक्रमित ब्यक्तिको संख्या समेत बढ्दै गएको छ ।

TOP