कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेता ३२ गते फिक्कल आउदै

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेता ३२ गते  फिक्कल आउदै

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत आमसभा हुँने भएको छ । आगामी ३१ गते बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेताले फिम्क्कलमा हुँने सभालाई सम्बोधन गर्ने भएका हुँन ।
पार्टी बिस्तारमा लागेको रास्वपाले देशका बिभिन्न स्थानमा आफना कार्यक्रम गर्ने क्रममा फिक्कलमा अध्यक्ष लामिछने सहितका नेताहरु रमेश प्रसाई, मनिस झा र निषा डागीले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाका सूर्योदय नगर अध्यक्ष रमेश भट्टराईले जानकारी दिनु भयो । अध्यक्ष भट्टराईका अनुसार अध्यक्ष लामिछाने सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भए पछि प्रचार प्रसार र कार्यक्रम ब्यवस्थापन शुरु गरिएको छ ।
सूर्योदय नगर समितिको आयोजनामा हुँने कार्यक्रममा जिल्ला भरका कार्यत्रकर्ता र शुभेच्छुकको सहभागीता रहने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । पार्टी स्थापना पछि अध्यक्ष लामिछाने सहितका नेता पहिलो पटक इलाममा औपचारीक कार्यक्रम गर्न आउन लाग्नु भएको हो ।

TOP