जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक

इलाम: छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक भएको छ । ठुलो टुडिखेलमा संचालन हुने प्रतियोगिता संचालन हुनेछ । लिग लिडर मछिन्द्र सहित १० टिम सहभागी हुने प्रतियोगिताको उद्धघाटन खेलमा फागुन १५ गते कोहिमा ईगल फुटबल क्लब नागाल्यान्ड भारतले गोर्खा ब्वाईज क्लब रुपन्देहीसंग पहिलो प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी फागुन १६ गते आयोजक माईभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबिच दोश्रो प्रि–क्वाटरफाइलनको लागी प्रतिस्पर्धा हुनेछ ।
पहिलो क्वाटरफाइनल खेलमा फागुन १७ गते मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र झापा–११ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । फागुन १८ गते पहिलो संस्करणको बिजेता ए डिभिजन क्लब त्रिभुवन आर्मीले अर्को ए डिभिजनको क्लब संकटाको सामना गर्दैछ । तेश्रो क्वारटफाइनल खेलमा फागुन १९ गते नागाल्यान्ड र रुपन्देही बिचको बिजेताले शहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम क्वाटरफाइनल खेलमा फागुन २० गते माईभ्याली र सिक्किमबिचको बिजेताले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । फागुन २१ र २२ गते हुने सेमीफाइनल खेलका बिजेता र उपविजेता बिच फागुन २४ गते फाइनल खेल हुने तय भएको छ । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्र्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

TOP