जीवनशैली सूर्योदयको मुहार फेरेका रणबहादुर राई : जिल्लाको मुहार फेर्न संसद बन्ने दौडमा जीवनशैली फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न
Hamropalika menu advertisement

इलामका मगर एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा चयन

  • प्रकाशित मितिः March 3, 2026
  • हाम्रो पालिका
इलामका मगर एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा चयन

विराटनगर: नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनित हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनित गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य सिर्जना राईलाई मनोनित गर्नुभएको छ । सांसद राना मगर इलाम क्षेत्र २ ९२० बाट निर्वाचित हुनुभएको हो भने यसअघि उहाँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत हुनुहुन्थ्यो । यसैगरी सचेतक राई समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा निर्वाचित भएर सो जिम्मेवारी पाउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले दलको उपनेता र सचेतक नियुक्त गर्ने कामलाई थाँती राख्दै आउनुभएको थियो । गत फागुन १७ गते प्रदेशको नामकरण गर्दा प्रस्तावक बन्नुभएका रानालाई मुख्यमन्त्री कार्कीले दलको उपनेता बनाएर पहिचान पक्षधरलाई सन्देश दिने प्रयत्न गर्नुभएको अर्थमा यसलाई लिइएको छ । एमालेले यसअघि नै संसदीय दलको प्रमुख सचेतकमा सांसद रेवतीरमण भण्डारीलाई नियुक्ति गरिसकेको छ । गोरखापत्र अनलाईन

TOP