कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामका मगर एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा चयन

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
इलामका मगर एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा चयन

विराटनगर: नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनित हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनित गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य सिर्जना राईलाई मनोनित गर्नुभएको छ । सांसद राना मगर इलाम क्षेत्र २ ९२० बाट निर्वाचित हुनुभएको हो भने यसअघि उहाँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत हुनुहुन्थ्यो । यसैगरी सचेतक राई समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा निर्वाचित भएर सो जिम्मेवारी पाउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले दलको उपनेता र सचेतक नियुक्त गर्ने कामलाई थाँती राख्दै आउनुभएको थियो । गत फागुन १७ गते प्रदेशको नामकरण गर्दा प्रस्तावक बन्नुभएका रानालाई मुख्यमन्त्री कार्कीले दलको उपनेता बनाएर पहिचान पक्षधरलाई सन्देश दिने प्रयत्न गर्नुभएको अर्थमा यसलाई लिइएको छ । एमालेले यसअघि नै संसदीय दलको प्रमुख सचेतकमा सांसद रेवतीरमण भण्डारीलाई नियुक्ति गरिसकेको छ । गोरखापत्र अनलाईन

TOP