कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा निर्माण हुँदै गरेका परियोजनाको मन्त्री मोदीद्धारा अनुगमन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदयमा निर्माण हुँदै गरेका परियोजनाको मन्त्री मोदीद्धारा अनुगमन

फिक्कल: संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले मंगलबार इलामको सूर्योदय नगरपालिकामा संचालित स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गतका परियोजनाको अनुगमन गर्नुभएको छ ।नगरमा संचालित नवप्रवर्तन कार्यक्रम अन्र्तगत सूर्योदय नगरपालिकामा निर्माण हुँने सिसाको पुल र १२ किलोमिटर साईक्ङि ट्रयाकको मन्त्री मोदीले अनुगमन गर्नु भएको हो ।
सूर्योदय नगरपालिकामा कोशी प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट लागनी भएको १० करोड बढी लागतमा सम्पन्न गर्ने गरी सिसाको पल सहित साईक्ङि ट्रयाकको निर्माण कार्य भैरहेको छ । मन्त्री मोदीले अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भयो । उहाले भन्नु भयो‘यस नगरलाई पर्यटनमैत्री बनाउनका लागि भैरहेका काम गुणस्तीय तवरले समयमै समपन्न गर्नु पर्छ ।’
मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालयको काम नै सरुवा बढुवा मात्र भए जस्तो भएको बताउनु भयो । उहाले संघीय निजामती ऐन ल्याउनका लागि सरकार लागि परेको बताउनु भयो । उहाले संघीयता कार्यान्वय गर्नका लागि निजामती ऐन कार्यान्वयन गर्नु पर्ने समेत बताउनु भयो । उहाले भन्नु भयो‘संघीयता बिरोधी गतिविधि बढ्दै गएको छ, संघीयताले ल्याएका प्रगतिलाई स्थानीय स्तरमा ुबझाउन जरुरी छ ।’
सूर्योदय ८ को मानेडाँडामा १ सय ५० मिटर लामो सिसाको पुल र कन्याम ६ को डुँगे गहिरा देखि सूर्योदय १२ को पूर्णेडाँडा सम्म साईक्ङि ट्रयाक निर्माणको काम भैरहेको नगरका आर्कीटेक्ट इन्जिनियर सिर्जन गदालले जानकारी दिनु भयो ।
नगरका ६ वटा समेटीएको उक्त कार्यक्रम अन्र्तगत लाप्चा जातीको एतिहासीक फेन्सिङ गुम्वा पुन निर्माण गरिने छ । परियोजनाले छोएका वडामा स्थानीय संस्कृति झल्कने खानाका परिकार सम्वन्धीका सिप सिकाउने र बिभिन्न जातजातीको संस्कृति झल्कीने जातीय पहिचान प्रवर्धनका कार्यक्रम भैरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । उहाले नगरले थालेका यी कामले परियोजना संचालन भएका स्थानका सयौ महिलालाई ब्यवसायीक बनाउने जानकारी दिनु भयो । परियोजनाले छोएका वडाका महिलालाई उक्त कार्यक्रममा सहभागी गराईने छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले सिसाको पुल सहितको साईक्ङि ट्रयाक निर्माण भैसके पछि बिदेशी पर्यटकको थप आकर्षण बढने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘चियाको बोटमा रमाउदै साईक्ङि गर्ने एक मात्र गन्तब्य कन्याम बन्ने छ ।’ उहाले सिसाको पुलले बिदेशी पर्यटक तान्नका लागि मद्दत पुग्ने बताउनु भयो । उक्त परियोजना अन्तर्गत कोशी प्रदेशमा १० कार्यक्रम संचालन भैरहेका छन ।
अगुगमनका क्रममा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा, सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई सहित आयोजना संग सम्बन्धित ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

TOP