जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

नयाँ बर्षमा इलाममा माईपोखरी म्याराथन हुने

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
नयाँ बर्षमा इलाममा माईपोखरी म्याराथन हुने
सुनिता खालिङ राई,इलामः


फिक्कल: नयाँ बर्ष २०८० को अवसरमा इलाममा खुल्ला म्याराथुन म्याराथन हुने भएको छ । आगामी वैशाख १ गते खेलकुद विकास, स्वास्थ्यकर जीवन,इलामको अभियान पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ म्याराथन हुँने भएको हो ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका र नेपाली सेनाको रणसार्दुल गणको संयुक्त आयोजनामा इलाम–माईपोखरी म्याराथन हुने भएको छ । म्याराथन पुरुष र महिला दुवै विधामा हुने छ ।
पुरुष तर्फको म्याराथन ४२ दशमलव २ किलोमिटर हुनेछ । इलाम नगरपालिका–१० गोदकको मेची राजमार्ग स्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्ल्याटे–धारापानी–माईपोखरी–सातखाल्डे मैदान सम्म रहेको छ । यसै गरी महिला तर्फ हाफ म्याराथन हुनेछ । महिला तर्फको दौड इलाम बजार–बिब्ल्याटे–धारापानी– माईपोखरी–सातखाल्डे मैदान सम्म २१ दशमलब १ किमी रहेको छ ।म्याराथनमा अन्तराष्ट्रिय धावक समेत सहभागी हुने इलामका नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो ।
पुरुष तर्फ पहिलो हुनेलाई २ लाख ५० हजार र महिला तर्फ पहिलो हुनेलाई १ लाख रुपियाँ प्रदान गरिनेछ । दुवै समूह तर्फ १० औं स्थान सम्म प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउने छन ।कार्यक्रमलाई पर्यटन बोर्ड इलाम नगरपालिका , रणसार्दुल गण , बैंक तथा बित्तिय सस्थाले आर्थिक सहयोग गर्ने भएका छन् ।

TOP