कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा सार्वजनिक सुनुवाई: गुणस्तरीय सेवाप्रवाहमा नगरको प्रतिवद्धता

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा  सार्वजनिक सुनुवाई: गुणस्तरीय सेवाप्रवाहमा नगरको प्रतिवद्धता

इलाम: इलामको सूर्योदय नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गरेको छ ।जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सुरुआत गरेको हो ।

नगरकार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।नगरकार्यपालिकाको कार्यालय फिक्कलको प्राङ्गणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा एक सय ७३ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा ११ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा लेखनाथ खड्का, सुजन तिम्सिना, दुर्गाबहादुर राई, विजय राई, रमेश प्रधान, रिगेन्द्रकुमार राई, सन्तोष मोक्तान, विमल कार्की, उदय सुवेदी, कमल गदाल र दीपक अधिकारीले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।उनीहरुले विकास निर्माणमा निर्माण व्यावसायीको ढिलासुस्तीले नागरिकमा पारेको असर, खानेपानी तथा सरसफाई, फोहोर व्यवस्थापन, जग्गा धनीपूर्जाको समस्या, सवारी पार्किङ, शैक्षिक क्षेत्रको समस्या, योजना अनुगमनलगायतका सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ नगरप्रमुख रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, शिक्षा शाखा प्रमुख योगनीधि भट्टराईलगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।नगरप्रमुख राईले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘सौहार्दपूर्ण रुपम प्रश्न र सुझावहरु राखिदिनुभएको छ । यसलाई आगामी नीति, कार्यक्रम र योजनामा समेटेर अघि बढ्नेछौं’ नगरप्रमुख राईले भने, ‘सूर्योदय नगरपालिकाको विकास र समृद्धिका लागि सूर्योदय विकाम मोडेलमा काम गरिरहेका छौं । तपाईहरुकै सल्लाह र सुझावलाई ग्रहण गरेर अघि बढ्नेछौं ।’
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले सेवाग्राहीहरुबाट आएको सुझावलाई अनुशरण गर्दै आगामी दिनमा सेवा प्रवाहलाई गुणस्तरीय बनाउने प्रतिवद्धता जनाए । ‘तपाइहरुले नागरिक अभिमत, बहिर्गमन अभिमत र छलफलबाट दिनुभएको सुझावलाई कार्यालयले ग्रहण गरेको छ’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘तपाईहरुको सुझावको आधारमा हाम्रो सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लैजानेछौं ।’

कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नगरकार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३२ जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

TOP