जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

रोङका मेडल जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिने

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
रोङका मेडल जित्ने खेलाडीलाई  नगद सहित सम्मान गरिने

फिक्कल: १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा मेडल जित्ने खेलाडीलाई रोङ गाउँपालिकाले नगद सहित सम्मान गर्ने भएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई नगद १५ हजार, रजत पदक विजेतालाई ६ हजार र काँस्य पदक विजेतालाई ३ हजार रुपियाँ दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो जानकारी दिनु भयो ।
सहभागी खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले फागुन २५ गतेको बैठकबाट पुरस्कृत गर्ने निर्णय गरिएको अध्यक्ष स्याङबोले जानकारी दिनु भयो । पुरस्कारले खेल क्षेत्रमा लाग्न खेलाडीलाई थप प्रोत्साहन मिल्ने उहाले बताउनु भयो । लागुऔषध कुलतबाट युवालाई बचाउदै खेल जगतबाट नेपाललाई बिश्वमा चिनाउन सक्ने बिश्वास गाउँपालिकाले लिएको छ ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा रोङ गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ छैटौ स्थान हासिल गरेको थियो । आगामी बर्ष उत्कृष्ट नतिजा ल्याउनको लागि खेलाडीलाई प्रोत्साहन मिल्ने अध्यक्ष स्याङबोले बिश्वास ब्यक्त गर्नु भयो ।
अध्यक्ष स्याङबोले पूर्वाधार अभावका बिचमा कुशलता पुर्वक आतिथ्य सत्कार गरेको भन्दै फाकफोकथुम गाउँपालिका परिवारलाई धन्यवाद समेत ज्ञापन गर्र्नु भयो । स्याङबोले विकट गाउँमा समेत स्तरी प्रतियोगिता आयोजना गर्न सकिने कुरालाई फाकफोकथुमले प्रमाणित गरेकाले सदरमुकाम बाहिरका पालिका उत्साहित रहेको बताउनु भयो । जिल्ला खेलकुद बिकास समितिले पहिलोपटक सदरमुकाम बाहिर प्रतियोगिता सम्पन्न गरेको छ ।

TOP