जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलाममा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा , पहिलो पटक जिल्ला बाहिर आयोजना गरिदै

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
इलाममा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा , पहिलो पटक जिल्ला बाहिर आयोजना गरिदै

गोबिन्द पौडेल:


जिल्ला स्तरिय खेलाडी छनौटको प्लेटफाम रहने १३औ राष्ट्रपति रनिङ शिल्डको सबै तयारी पुरा भएको छ । संघीय शासन पद्दतिको मर्म अनुसार पहिलोखपटक इलामको फाकफोकथुम ३को सिहदेबि माध्यमिक बिद्यालयमा आगामी २३ देखि २५ गते सम्म हुने छ ।
पालिका स्तरीय खेलमा उत्कृष्ट हुने खेलाडीले आगामी चैत्रमा हुने प्रदेश स्तरीय खेलमा भाग लिन जिल्ला स्तरको खेलाडी बन्ने र प्रदेशमा छनौट भएका खेलाडीलाई राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा भाग लिन पाउने भएका कारण बिद्यालय नियमित पठन पाठनको केन्द्र मात्रै नभएर वालबालिकासग भएको खेल प्रतिभाको प्रवर्धन र बिकास समेत हुने भएको छ ।
कक्षा १२ सम्म अध्ययनरत १२ देखि १८ बर्षसम्मका पालिका स्तरवाट छनौट भई आएका बिभिन्न ६ वटा खेल र मार्सल आट समेतमा करिव ८ सय ५० खेलाडी प्रशिक्षक सहित करिव १ हजार १ सय जनाको सहभागिता रहने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र वास्तोलाले बताए ।
पहिलो पटक जिल्ला बाहिर खेल आयोजना गरिएका कारण ब्यवस्थापनमा चुनौति रहेपनि ब्यवस्थापक फाकफोकथुम गाउँपालिका र सम्बन्धित वडाको सहयोग र समायोजनले प्रतियोगिता सचालन गर्न सहज रहेको छ ।
जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख नारायण भट्टराईले फाकफोकथुम गाउँपालिकाले आट गरेकाले उक्त आयोजना गाउँमा गएर संचालन गर्न सफल भएको बताए । उनले निक्क्ै अगाडी देखि गाउँमा लगेर कार्यक्रम गर्ने योजना भए पनि अहिले सफल भएको बताए ।
सहभागिलाई खानको लागि प्रतिदिन ५ सय बराबरको प्याकेज बनाईएको छ भने वासको लागि वरपरका १ सय ५० घरमा होमस्टेको रुपमा तयार गरिएको छ । अपुग रहेमा आसपासका गाउँमा पालिका स्तरको सेल्टरवासको ब्यवस्था गरिएको अध्यक्ष वास्तोलाले बताए ।प्रतियोगिता सचालनको लागि करिव १७ लाख खर्च हुने अनुमान गरिएको छ ।
सबै पालिकाहरुवाट सहयोग जुट्ने वास्तोलाको भनाई रहेको छ ।सहभागीको स्वास्थ सेवाको लागि जिल्ला स्वास्थ कार्यालय र स्थानिय स्वास्थ्य चौकीको समन्वयमा स्वास्थ्य सेवाको समेत ब्यवस्था गरिएको छ ।खेलमा बिजेता पालिका स्तरको खेलाडीले पदक र प्रमाण पत्र पाउदै प्रदेश स्तरका खेलको लागि जिल्ला स्तरीय खेलाडी बन्ने छन् । बिजेता पालिकाले शिल्ड पाउने छन् ।

TOP